Logo

डकैती गर्दागर्दै चार डाँकु पक्राउ !



Spread the love

९ असोज, जनकपुरधाम । धनुषाकाे जनकपुरमा डकैती गर्दागर्दै ४ जना डाँकुलाई प्रहरीले पक्राउ गरेकाे छ । बिहीबार (आज) बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिङमा डकैती गर्दागर्दै चार डाँकु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दुई भारतीय नागररिक र दुई नेपाली नागरिक रहेकाे छन् । भारत बिहारको सीतामढ़ी ईस्लामपुर बस्ने मोहम्मद ईलियस, भारत बैरगिनियाका मुजिर अन्सारी, र रौतहट वृन्दावन नगरपालिका रमौली बस्ने गगन पटेल र रौतहट गौरका विनोद प्रसाद सिंह रहेकाे प्रहरीले जनाएकाे छ ।

धनुषा प्रहरी उपरीक्षक शेखर खनालका अनुसार, गस्तीमा रहेको प्रहरी टोलीले डाँकुहरुले फर्निसिको पसल ताला फोडिरहेको अवस्थामा भेट्टाएको थियो। त्यसपछि प्रहरीले सुरुमा हवाई फायर गरेर एक जना डाँकुलाई पक्राउ गर्याे भने डकैती गर्न आएका अन्य तीन जनाले उल्टै प्रहरीलाई कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले जवाफमा तीन राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको थियाे ।

प्रहरीले चलाएको गोली लागि एकजना डाँकु घाइते समेत भएका छन्। घाइते हुनेमा रौतहट गौरका विनोद प्रसाद सिंह छन्। उनको दुबै खुट्टामा गोली लागेको छ। सिंहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको एसपी खनालले बताए।

प्रतिक्रिया दिनुहोस्