Logo

१४ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाउने ६५ वर्षीया बृद्ध पक्राउ



Spread the love

९ असोज, नवलपुर । १४ वर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्धलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।

सांकेतिक तस्बिर

जिल्ला प्रहरी प्रमुख एसपी मोहन पोखरेलका अनुसार, चितवनको भरतपुर महानगरपालिका–१६ घर भई नवलपुर (पूर्व–नवलपरासी) को कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको हाे । ती बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको पनि एसपी पाेखरेलले जानकारी दिए ।

घलेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको र अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको पनि एसपी पाेखरेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्