Logo

वंशको सत्ता, सुरु र अन्त्य



Spread the love

 

नेपालमा प्राचीनका देखि क्षेत्रीहरुले साना साना गणराज्यहरुमा राज्यसत्ता संचालन गर्दै आएको इतिहास पाइन्छ तर ठकुरी वंशले क्षेत्रीहरुलाई दमन क्रुर र हत्या गरी राज्य सत्ता आफ्नो कब्जामा लिएर आफ्नो मृत्यु पछि सन्तान छोरालाई राजा वंशानु गत राज्य संचालन गरेको जिउँदो इतिहास साछि छ ।  नेपालको मध्य भूभागमा ठकुरी जातिले शाषण सुरु गर्नेहरु जैत खान, खान्चा खान, मिचा खान, जय खान, सूर्य खान, विचिखान, जगदेव खान, कुलमन्डल खान, भक्ति खान, कालु शाहा, यशोब्रहम शाह, नरहरी शाहा, द्रव्य शाहा, पूर्ण शाहा, छत्र शाहा, राम शाहा, डम्बर शाहा, कृष्ण शाहा, रुद्र शाहा, पृथ्वीपति शाहा, विरभद्र शाहा, रणशार्दुल शाह, वीरमर्दन शाहा, दुलु शाहा, उद्योत शाह, नरभुपाल शाहा, उपर्यूक्त ठकुरीहरुले गोरखा, नुवाकोट, पाल्पा, मकवानपुर, सिन्धुली, रसुवा, लमजुङ्ग, कास्की, म्याग्दी, प्यूठान, स्याङ्गजा, तनहु, धादिङ्ग, काठमान्डौं, भक्तपुर, पाटन, किर्तिपुर, गडि, चितवन, अर्घाखाँची, कपिलवस्तु , नवलपरासी, पर्सा आदि क्षेत्रहरुमा त्यति बेलाका ससाना गणराज्यका रुपमा थिए ।ती लगायतका क्षेत्रहरुमा ठकुरीहरुले आफुलाई राजा घोषणा आफैले गर्दै अरु जातिका शाषकहरुलाई दमन क्रूर हत्या गर्दै राज्य संचालन गरेका थिए ।  नेपालको पुर्वी भागमा राई, लिम्ब,गुरुङ्ग, मधेशी जातिहरुले धनुषा, सप्तरी, मोरङ्ग, झापा, काभ्रे,दोलखा, संखुवासभा, ताप्लेजुङ्ग, खोटाङ्ग, तेह्रथुम, पाँचथर, इलाम र भारतको चैनपुर, सिक्किम, ग्यास्टोक, दार्जिलिङ्ग आदि क्षेत्र सम्म सानासाना गण राज्यमा शासन संचालन गरेका थिए ।  नेपालको पश्चिम भाग दाङ्ग, कैलाली, डडेल्धुरा, दैलेख, सल्यान, रुकुम, कालिकोट, दार्चुला, डोल्पा, हुम्ला र भारतको केदारनाथ, गढवाल, नालापानी, कुमाउ, पठानकोट काँगडा सम्म ठकुरीहरुले क्षेत्री र अन्य जातलाई दमन क्रूर हत्या गरी आफुले राज्य संचालन गरेका थिए ।  वर्तमान नेपालमा त्यतिखेर केही ठुला गण राज्यहरु चौबिसी राज्य, वाइस्य राज्य, अन्य भुरेटाकुरे ठकुरी राजारजौटाहरुले राज्य संचालन गरेका थिए । त्यहि समय र अवस्थामा गोरखाका शाषक पृथ्वीनारायण शाहाले अरु राज्यलाई एकिकरण गरेर आफु शक्तिशाली राज्यको शाषक बन्ने परिकल्पनाले अन्य राज्यहरुलाई एकिकरण गर्ने अभियानमालागे । प्राचिन र मध्यकालिन नेपाल कहिले विस्तार कहिले खुम्चने अवस्थामा रहेको थियो ।

पृथ्वीनारायण शाहाको अगुवाइमा नेपालको एकिकरण अभियान फरक किसिमले शुरु गरेका थिए । अन्य राज्यका शासकहरुलाई कोहिलाई खुशी राजीले, कोहिलाई वलजफत दमन क्रूर हत्या गरी अन्य राज्यहरुमा विजय गरी काठमान्डौंलाई केन्द्र बनाई सन् १७७० मार्च १ देखि नेपाल राष्ट्रको काठमाण्डौंलाई राजधानी बनाई  केन्दी्रय शाषण संचालन गर्न थालेका हुन । पृथ्वीनारायण शाह बि.सं.१७७९ पुस २७ मा जन्मिए ।बि.सं १७९९ चैत्र २५ मा गोरखा राज्यको राजा भएका थिए । लगभग ३२ बर्षको राजतन्त्रात्मक क्रुर तानाशाही शाषकिय जीवनमा अथक परिश्रम, लगन, दुरदर्शिता, कुटनीति, रणनीति अपनाएर नेपालमा शासन गरेका थिए । संवत् १८३१ माघ १ मा निधन पछि एक रानी र आठ सुसारे सती गएका थिए ।

प्रतापसिंह शाहाका पालामा इष्ट इन्डिया कम्पनी अङ्गेज शासित भारत सरकारले नेपालमाथि आक्रमणगरी नेपालको पुर्व पश्चिम र दक्षिणको निकै ठुलो भुभागमा सन् १८१६ मा अपमानजनक सुगौली सन्धी गरी नेपालको भूभागगुमाउनु परेको थियो । यिनी बि.सं.१८०८ जेठमा जन्मेका थिए । संवत् १८३१ मा राजा भए । २ वर्ष १० महिना शासन गरे ।बि.सं.१८३४मा निधन भयो।  रणबहादुर शाह बि.सं.१८३२ असार ११मा जन्मिए । डेढ वर्षको उमेरमा राजा भएका थिए ।बि.सं. १८५५मा राजगद्दी त्यागेका थिए ।बि.सं. १८६३ वैशाख ७ मा निधन भएको थियो । यिनको पालामा नेपालको भुभाग विस्तार भएर नेपालको सिमाना पुर्वमा टिस्टा, पश्चिममा गडवाल, उत्तरमा तिब्बत, दक्षिणमा कहलपुत्रीनदि संम्म थियो । वार्हस्यव्य, अर्थसूत्र, इतिहास, पुरान अन्य आर्थिक ग्रन्थहरुका आधारमा हेर्ने हो भने वर्तमान नेपालको भूगोल भन्दा बि.सं. १८५५भन्दा पहिले नेपालको भुभाग धेरै ठुलो भूभागमा फैलिएको थियो ।       

गिर्वाणयुद्धविरविक्रम शाहा बि.सं. १८५४ असोज ११ मा जन्मिएका थिए ।बि.सं.१८५५ मा राजा भए ।बि.सं. १८७३ मङ्सिर ८ गते निधन भएको थियो । पृथ्वीनारायण शाहाले आफ्नी छोरी विलास कुमारीलाई सल्यानी शाह संग विवाह गरिदिएर सल्यान राज्य उपहार दिएका थिए । यीनको पालामा सल्यानलाई नेपालमा गाभेका थिए ।         राजेन्द्रविक्रम शाहा संवत् १८७० माघ २४ मा जन्मिएका थिए । संवत् १८७३ मा राजा भएका थिए । राजाको पद त्याग र लामो समय सम्म नजरबन्दमा बस्नुपरेको थियो ।बि.सं. १९३८ असार ३ गते मृत्यु भएको थियो ।   यिनकै पालामा छिमेकी मित्र राष्ट्रहरु, राजा, रानी, यूवराज, चौतारिया, काजिहरुको आपसीद्वन्दले कोतपर्व हत्याकान्ड गराई जंगबहादुर राणाले राज्य सत्ता हत्याएका थिए ।  सुरेन्द्र विक्रम शाहाको जन्म संवत् १८८६ मा भएको थियो ।बि.सं. १९०४ मा राजा  भएका थिए ।बि.सं. १९३८ वैशाख ३१ गते निधन भएको थियो ।  यिनकै पालामा प्रधानमन्त्रि जंगबहादुर राणले राज्यसत्ताको सम्पुर्ण अधिकार र श्री ३ महाराजको पद जवरजस्ती अगस्ट ६,१८५६ मा लिएका थिए । आफु पछि भाइ सन्तानलाई रोलक्रम प्रधानमन्त्री बनाएका थिए ।

त्तैैलोक्यविक्रम शाहाको बि.सं. १९०४ मङ्सिर ४ गते जन्म भयको थियो । राजाको गुमेको अधिकार फिर्ता लिने रणनीति गरिरहेको बेला धीरसम्शेर राणाहरुले बि.सं. १९३४ चैत्र १९मा  राजा नहुदै विष खुवाइ हत्या गरेका थिय ।पृथ्वी विर विक्रम शाहको बि.सं.१९३२ मा जन्म भयको थियो ।बि.सं.१९३८ मा राजा भएका थिए ।बि.सं. १९६८ मङ्सिर २५ गते श्री ३ चन्द्रशमसेरले विष खुवाई मारिदिएका थिए ।  त्रिभुवन विरविक्रम शाहाको संवत् १९६३ असार १७ गते जन्म भएको थियो । संवत् १९६८ मा राजा भएका थिए । २००७ फागुण ७ गते प्रजातन्त्र प्राप्तमा असल मनसायले सहयोग गरेका थिए । श्री ३ जुद्ध समशेरले यीनलाई पदच्यूत गरी महेन्द्रलाई राजा बनाउन खोजेका थिए तर सफल भएनन् । श्री ३ महाराज मोहनशम्सेरले पदच्यूतगर्न खोजेका थिए । नोभेम्बर ६, १९५० मा त्रिभुवन सपरिवार भारतिय राजदुतावासमा शरण लिएको वेला नोभेम्बर ७, १९५० मा त्रिभुवनलाई  पदच्यूत गरी ४ बर्षका ज्ञानेन्द्रलाई राजा बनाएका थिए । राणा, राजा, नेका विच जनवरी ८, १९५१ मा दिल्लीमा सम्झौता भएको थियो । यिनीको निधन बि.सं. २०११ फागुन ३० गते भयको थियो ।महेन्द्र वीरविक्रम शाहले प्रजातन्त्रको मुनालाई आफनो जीवन भरी पलाउन नदिएर  पञ्चायती शासन चलाए ।  संवत् १९७७ जेठ ३० गते जन्म भयको थियो ।बि.सं. २०११ चैत्र ११ मा राजा भएका थिए । निधन २०२८ माघ २७ मा भएको थियो ।      विरेन्द्र विर विक्रम शाह अरु राजाहरुको तुलनामा प्रजातन्त्रवादी थिए।संवैधानिक राजाको रुपमा प्रशंसनीय जनप्रिय कायम गरेका थिए ।बि.सं. २००२ पुस १४ गते जन्म भयको थियो ।बि.सं. २०२८ माघ २७ मा राजा भएका थिए । संवत् २०५८ जेठ १९ मा राजदरबार हत्याकाण्डमा यिनी र यिनका सबै सन्तानको बीभत्स हत्या भयको थियो । दीपेन्द्र वीरविक्रम शाहको संवत् २०२८ असार १३ गते जन्म भएको थियो । राजदरबार हत्याकाण्डका आरोपित यिनैलाई संवत् २०५८ जेठ २० गते बेहोस अवस्थामा अस्पतालमा रहेको बेला राजा घोषणा गरियो । संवत् २०५८ जेठ २२ गते होसमा नआई अस्पतालमा निधन भएको घोषणा गरियो ।

 

ज्ञानेन्द्र वीरविक्रम शाहको बि.सं. २००४ असार २३ गते जन्म भयको थियो ।बि.सं. २०५८ मा दरबार हत्याकाण्ड पछी संवत्  २०५८ जेठ २२ गते राजा भए । २०६३ जेठ ४ गते सम्म शासन गरेका थिए । शाह वंशमा दुई पटक राजा हुने र नेपालका अन्तिम राजा हुन । यिनकै समयमा नेपालमा गणतन्त्र घोषणा गरियो । ठकुरी जातका राजाहरुकोे राज्य सत्ता सञ्चालन ढङ्ग, चरित्र ब्यावहार, शैली र दरबारिया स्वार्थकै कारण इतिहासमा अकल्पनीय, आश्चर्यजनक, भयङ्कर हत्या काण्डहरु प्राचिनकाल देखी मध्यकाल, आधुनिक कालसम्म जैत खान देखी ज्ञानेन्द्र संम्मको कालखण्डमा कोतपर्व, भण्डारखालपर्व, अलौ पर्व, मकै पर्व, लाईव्रेरी काण्ड, १९९७,२००७,२०१७, २०२८ साल, टिमुरबोट काण्ड, सुखानी काण्ड, जगुदुवा काण्ड, ०३६ पिस्कर काण्ड, ०४२, ०४६ नारायणहिटी विभत्स हत्याकाण्ड लगायत राजा, रानी, युवराज, काजी, सरदार, चौतारिया, भाइभारदार, प्रधानमन्त्री, मन्त्री अनेक घटनाहरु हुदै अनेकौं घटनाहरुमा हजारौँ देश भक्त वीरहरुले सहीद हुनुपरेको इतिहास हामी सामु साक्षीको रुपमा उभिएको छ । नेपालमा प्राचीनकाल देखीको दास र मालिक कुलीन शासन तन्त्र वंश परम्परामा आधारित ठकुरी राजतन्त्र नेपाल बाट २०६३ जेठ ४ गते देखी सधैकालागी अन्त्य भयो । नेपाल भुमिबाट २३८ वर्ष भन्दालामो राजतन्त्र समाप्त भएर लोकतान्त्रिक गणतन्त्रामक  शासन प्रणाली स्थापना भएको  छ ।

(लेखक नेपाली कांग्रेस, सल्यानका युवा नेता हुन् ।)

प्रतिक्रिया दिनुहोस्