Logo

अमेरिकामा एक नेपालीको दुर्घटनामा परी मृत्यु !



Spread the love

९ असोज, काठमाडौं । महोत्तरीकाे बर्दिबासमा घर भएका ५८ वर्षे विष्णुप्रसाद सापकोटाको दुर्घटनामा परी बिहिबार मृत्यु भएको छ । तीन हप्ता अघिमात्रै सापकाेटा  अमेरिका गएका थिए ।

केन्टुकी नेपाली समाजका अनुसार, बिहान मर्निङ वाक गर्दागर्दै बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हाे ।

सापकोटा, छोरी बिनिता र ज्वाईं रोशनराज घिमिरेलाई भेट्न अमेरिकाको केन्टुकीस्थित लेक्सिङ्टन पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्