Logo

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी तेस्रो बैठक आजदेखि सुरु



Spread the love

९ असोज, काठमाडाैँ । भारतको नयाँ दिल्लीमा नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी तेस्रो बैठक आजदेखि सुरु हुँदैछ । यसअघि सन्धि पुनरावलोकनको दोस्रो वैठक गत माघमा पोखरामा भएको थियो ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार,  यसका लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा मन्त्रालयसहित अर्थ, परराष्ट्र मन्त्रालय लगायतका उच्चपदस्थ अधिकारी सामेल रहेका छन् ।

दुई देशका सहसचिवस्तरमा हुने बैठकमा नेपाल–भारत वाणिज्य सन्धि २००९ को पुनरावलोकनको विषयमा छलफल हुनेछ ।

नेपालबाट ६२ अर्ब ७३ करोड रुपैयाँको बराबरको मालसमान मात्र भारत निर्यात भएको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएको छ । दुई देशबीच रहीआएको भयंकर ठूलो व्यापारघाटा कम गर्ने र सन्धिलाई समयानुकुल परिमार्जन गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

नेपालले पछिल्लो समय भारतर्फको व्यापार घाटा बढ्दै गएकाले निकासी प्रवद्र्धन र भारतीय ठूला लगानीलाई नेपालमै भित्र्याउन सक्ने गरी सन्धि पुरनरावलोकनको एजेन्डा बनाउने गरेको छ । यसपल्टको वैठक पनि सोही एजेन्डामा केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्