Logo

जडीबुटीको राजा ‘शिलाजित’ के हो ? कसरी बनाइन्छ ?



Spread the love

जडीबुटीहरूको राजा ‘शिलाजित’को वर्णन प्राचीन वैदिक ग्रन्थहरूमा समेत उल्लेख गरिएको पाइन्छ । मध्यएशियाका पहाडहरूमा पाइने शिलाजितलाई ‘पत्थरको पसिना’ समेत भन्ने गरिन्छ । यसको स्वाद नुनिलो र टर्रो हुने गर्दछ ।  शिलाजितको तिख्खर स्वाद हुन्छ र यसको गोमूत्र जस्तै बास्ना हुन्छ ।

के हो शिलाजित ?

जब गर्मीमा सूर्यको तापले पहाडको चट्टानको धातु पग्लिन्छ, त्यही शिलाजित हो । आयुर्वेदमा शिलाजितलाई एक रसायन मानिएको छ । यसलाई सदियौँदेखि रोग निको पार्न प्रयोग गरिँदै आएको छ ।

शिलाजित कालो र सेतो गरी दुई किसिमका पाइन्छ । यसलाई स्थानीयहरूले माउ र पुरुष भन्ने गरेको पनि पाइन्छ । भीर पहराबाट निस्किएको एकप्रकारको रसायन जमेर शिलाजित बन्ने गर्दछ ।

शिलाजितका अनेकन गुण छन् । यौन शक्ति बढाउन, नपुंसकता हटाउन, पाचन यन्त्र चुस्त राख्न, शीर्घपतनको समस्याबाट मुक्त हुन, उच्च रक्तचाप रोक्न । हरेक किसिमका शारीरिक विकार हटाउन शिलाजितले वास्तवमै प्रभावकारी काम गर्छ ।

शिलाजित कति लाभदायक छ भन्ने कुरामा कुनै शङ्का छैन । तर, जथाभाबी सेवन गर्दैमा यसले राम्रो नतिजा दिँदैन । किनभने यसलाई विधि पूर्वक सेवन गर्नुपर्छ । सेवन गर्ने समय, मात्रा सबै कुराको ख्याल गर्नुपर्छ । नभए यसले नकारात्मक नतिजा दिन सक्छ ।

कसरी बन्छ ?

जेठ, असारको महिनामा जब हिमालयमा रहेको चट्टानमा घामको ताप पर्छ, तब त्यसबाट एक किसिमको पदार्थ पग्लिएर निस्कन्छ । यही नै शिलाजित हो । शिलाजितमा मिनिरल अत्यधिक पाइन्छ । यो अत्यन्तै गुणकारी मिनिरल सप्लिमेन्ट हो, जसले मिर्गौला, मूत्र प्रणाली आदिलाई चुस्त राख्न सहयोग गर्छ ।

कहाँ पाइन्छ ?

शिलाजित नेपालको हिमाली भेगमा पाइन्छ । साथै भारतको गंगोत्री आसपासमा पनि शिलाजित पाइन्छ । त्यस्तै पाकिस्तानमा यो प्रायः जसो गिलगित–बालटिस्तानका पहाडहरूबाट निकालिन्छ ।

शिलाजीतको खोज 

पहाडका टाकुरामा गएर जसरी शिलाजित निकालिन्छ, तर त्यो दृश्य सबैले हेर्ने आँट गर्न सक्दैनन् । पहाडबाट शिलाजित खोज्न र निकाल्नका लागि अनुभवी मानिसहरू हुन्छन् । जो त्यस क्षेत्रका हरेक कुना कन्दराका बारेमा जानकार हुन्छन् । १५ वर्षदेखि शिलाजित निकाल्दै आएका गाजी करीम भन्छन्, “शिलाजितका लागि हामीलाई केही घण्टाको यात्रादेखि कयौँ दिन लामो यात्रा तय गर्नुपर्दछ ।” त्यसरी पहाडबाट निकालिएको कच्चा पदार्थलाई व्यापारीलाई बेच्ने र उनीहरूले त्यसलाई सफा गरेर बिक्री गर्ने गरेको करीमको भनाइ छ ।

सम्बन्धित छवि

शिलाजितको खोजीमा निस्किने मानिसहरू प्रायः जसो चारदेखि पाँचजनाको समूह बनाएर पहाडमा जान्छन् ।

जसमा एउटाको काम चिया र खाना पकाउने हुन्छ । बाँकीले चाकुरामा डोरीलाई बलियो गरी बाँध्ने र समात्ने काम गर्दछन् । र, एक व्यक्ति शिलाजित पाउने सम्भावना रहेको गुफाभित्र जान्छ ।

गाजी भन्छन्, “दूरबिनबाट गुफाहरू हेर्ने भएकाले पनि हामीले शिलाजित सजिलै देख्न सक्छौँ । शिलाजित रहेको स्थान नजिक जाँदा एक विशेष प्रकारको गन्धबाट पनि हामी थाहा पाउन सक्छौँ । शिलाजित रहेको स्थान नजिक जाँदा एक विशेष प्रकारको गन्धबाट पनि हामी थाहा पाउन सक्छौँ ।”

शिलाजित फिल्टर गर्ने प्रक्रिया

पहाडबाट निकालिएको शिलाजित (जुन ढुंगामा विशेष घोलका रूपमा रहेको हुन्छ) लाई सफाइ र फिल्टर गर्ने व्यापारीलाई बेचिन्छ । करीमुद्दीन १९८० बाट यो काम गर्दै आएका छन् । उनका अनुसार फिल्टर प्रक्रियामा पहाडबाट ल्याइएका ढुंगालाई ससाना टुक्रा पारिन्छ । ती टुक्राहरूलाई ठुलो बाल्टिनमा हालेर निश्चित मात्रामा पानी मिलाएर ठुलो पन्युले चलाइन्छ । जसका कारण शिलाजित पानीमा राम्रोसँग घुल्छ । केही घण्टापछि पानीको सतहबाट फोहोर पदार्थ हटाइन्छ ।

किन सेवन गर्ने ?

– शिलाजितले यौन क्षमता बढाउन उपयोगी मानिन्छ । यसले नपुंशकताको समस्या समेत हटाउने विश्वास गरिन्छ । शिघ्रपतनको समस्या भएकाहरूलाई पनि शिलाजित उपयोगी हुन्छ ।

–   शिलाजित मधुमेह, उच्च रक्तचाप नियन्त्रण गर्न उपयोगी हुन्छ ।

–   यसले शरीरलाई जवान राख्न पनि सहयोग गर्छ ।

–   मुटु, मिर्गौलाको सम्भावित रोगबाट बच्न पनि शिलाजित सेवन गर्न सकिन्छ ।

–   यसले पाचनयन्त्रलाई मजबुत बनाउँछ ।

–   मस्तिष्कलाई समेत चुस्त बनाउन सहयोग गर्छ ।

–   शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

कसरी सेवन गर्ने ?

–   आर्युवेदमा शिलाजितलाई तीन किसिमले सेवन गर्ने विधी अपनाइएको छ ।

–   लगातार सात हप्तासम्म दिनहुँ सेवन गर्नुलाई अधिकतम मानिएको छ । धेरै रोगले ग्रस्तहरुले उक्त अवधीसम्म यसको सेवन गर्न सक्छन् ।

–   तीन हप्तासम्म शिलाजित सेवन गर्नुलाई ‘मध्य प्रयोग’ भनिन्छ । यसले मध्यमस्तरको समस्याबाट छुटकारा दिन्छ ।

–   एक हप्तासम्म यसको नियमित सेवनलाई ‘अवर प्रयोग’ भनिन्छ । अल्पबल वा अल्पदोष भएकाहरुले यस अवधीमा सेवन गर्न सक्छन् ।

कति सेवन गर्ने ?

–  शिलाजितको औषधीय मात्रा २ सय ५० मिलिग्रामदेखि १ ग्रामसम्म हो । सटिक खुराकले व्यक्तिलाई स्वास्थ्य राख्छ, पाचन शक्ति बढाउँछ र केही रोग निर्मूल गर्छ ।

कसरी पिउने ?

–   शिलाजित दुध वा महसँग मिसाएर पिउनुपर्छ ।

–   शिलाजित खाली पेटमा विहान पिउनु पर्छ ।

तर, सावधानी अपनाउनुहोस् !

–  शिलाजित स्वास्थ्यका लागि एकदमै लाभदायक हो । तर, यसको उचित प्रयोग गर्न सके मात्र प्रभावकारी काम गर्छ । शिलाजित सेवन गर्दा निकै सावधानी पनि अपनाउनु पर्छ ।

–   शिलाजित सेवन गरेको समयमा जलन हुने खालको भोजन गर्नु हुँदैन । साथै, धेरै खानेकुरा समेत खानु हुँदैन ।

–   शिलाजित त्यस व्यक्तिले गर्नु हुँदैन, जसको युरिक एसिड बढेको छ ।

–   शिलाजित धेरै सेवन गर्नु हानिकारक हुन्छ । यसले एलर्जी हुन्छ ।

–   गर्भावस्थामा शिलाजित सेवन गर्नु हुँदैन ।

नेपाल लगायतका भारतका बजारमा शिलाजितको माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजित त्यत्तिकै खेर गइरहेको यहाँका स्थानीयवासीको भनाई छ ।  नेपालका बजारमा शिलाजित प्रति दश ग्राम रु १ सय देखि २ सय ५० सम्ममा बिक्री हुन्छ ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्