Logo

यसरी गर्न सकिन्छ, मार्बलको सफाई



Spread the love

सबै जसो मानिसहरू चाहने गर्छन् कि आफ्नो घर अन्य व्यक्तिहरूको भन्दा राम्रो वा आकर्षित देखियोस् l जसका लागि अधिकांश व्यक्तिहरू आफ्नो घरलाई सुन्दर देखाउनका लागि मार्बलको प्रयोग गर्ने गर्छन् l जसले घरलाई सुन्दर देखाउन मदत गर्दछ l हुन त घरमा मार्बल लगाउनु कुनै नौलो कुरा होइन,तर मार्बल फोहोर भएमा कसरी गर्ने त सरसफाई भन्ने कुरा चाही अलि भिन्नै छ? त्यसैले आउनुहोस् चर्चा गरौँ सफा गर्ने उपायबारे l जसलाई अपनाउँदा सजिलैसँग मार्बलको सफाई गर्न सकिन्छ l

  • यदि तपाइको मार्बलमा तेलको दाग लागेको छ भने त्यसलाई मेटाउनका लागि चामलको माड (कर्न स्टार्च) लगाएर एक दिनका लागि त्यसै छाडी दिनुहोस् l जसले गर्दा तेल सोस्छ र मार्बललाई सफा देखाउँदछ l
  • कहिल्यै पनि मार्बल फोहोर भयो भनी, फलामको तार भएको ब्रसको प्रयोग गर्नु हुँदैन । त्यसको प्रयोग गरेमा मार्बल सफा हुनका सट्टा अझ बढी फोहोर भई दिन्छ l यसको मार्बल सफाई भेनेगर, कागती जस्ता चिजहरूले कदापि पनि गर्नु हुँदैन ।
  • यदि तपाइ आफ्नो घरको मार्बल सफा गर्नु चाहनुहुन्छ भने पानीमा बेकिङ सोडा मिसाएर भुईँमा गाढा गम (पेस्ट) लगाई कपडाले त्यसलाई हल्का हातले सफा गर्नुहोस् गर्ने । जसको मदतले मार्बल चम्किनेछ ।
  • मार्बलमा तेल, घिउ अथवा दूध पोखिएको छ भने त्यसको दाग तथा चिल्लोपना हटाउनका लागि त्यसमा सुख्खा पिठो छर्किएर त्यसको चिल्लोपना हटाउन सकिन्छ ।
  • यदि तपाईँ मार्बल सफा गर्दै हुनुहुन्छ भने झुक्किएर पनि सबै स्थानमा एउटै पानीको प्रयोग नगर्नुहोस् l किनकि त्यस पानीको प्रयोग गर्दा धुलो सफा हुनुको साटो उल्टै मार्बलमा धुलो टाँसिने सक्छ l

प्रतिक्रिया दिनुहोस्