Logo

पाईरेसी मारमा रजनिकान्तको ‘काबाली’



Spread the love

६  साउन, काठमाडौं ।

हिमाल जि.सी.

साउथ सुपरस्टार रजनिकान्तको फिल्म हेर्न भारतमा कर्मचारीलाई केहि कम्पनिले छुट्टी दिएको खबरले बुधबार मिडियामा भाईरल बन्यो । तर पछिल्लो समय भारतमा धेरै फिल्म पाईरेसीको मारमा परिरहँदा ‘काबाली’ पनि पाईरेसी भएको खबर वलिउड भाष्करले लेखेको छ ।
टुईटरमा ‘काबाली’को सुरुवाती दृश्य बाहिरिएको बताईन्छ । तमिलरकर्स डटकमले फिल्मको सुरुवाती चरणको दृश्य स्कृनसट लिएर टुईटर तथा फेसबुकमा सेयर गरेको बताईन्छ ।
अहिले फिल्मका दृश्यहरु सामाजिक सञ्जालमा भाईरल बनेका छन । फिल्मको दृश्य बाहिरिएसँगै निर्माण टिम तनाबमा परेको थियो । तर अफिसियल रुपमा यो बारेमा स्टेटमेन्ट भने निर्माताले बाहिर ल्याएका छैनन् ।
यो घटना पश्चात फिल्म निर्माण टिमले अदालतमा जाहेरी दिएसँगै पाईरेसीमा संलग्न हुनसक्नेआशंकामा भारतमा एक सय ४० वटा वेभसाईट बन्द गराईएको छ । पहिलो दिनको शो हेर्न दर्शकको उत्साहपुर्ण एडभान्स बुकिङले टिकट करिब सकिईसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्