Logo

किन खाने भुटेको मकै? जान्नुहोस् यसका फाइदाबारे



Spread the love

मकै संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगी, यो बालीबाट, विभिन्न परिकार, तेल, इन्धन, चिनी, रक्सी आदि बनाउने गरिन्छ । मकैमा प्रशस्त पोषण तत्त्व हुन्छ । जसलाई मानिसहरूले उसिनेर वा पोलेर पनि खाने गर्दछन् l तर अधिकांश मानिसहरूले मकैलाई भुटेर खान मन पराउँछन् l चाहे फिल्म हेर्दा होस् या रेष्टुराँमा खाइने पपकर्न भनिने भुटेको मकै नै हो । सायदै व्यक्ति होला जसलाई भुटेको मकै मन नपर्ने त? किनकि भुटेको मकै खादा जति स्वादिलो हुन्छ, त्यसले स्वास्थ्यमा पनि त्यतिकै फाइदा पुर्‍याउने गर्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त फाइदाबारे l

  • भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । जसले पाचन प्रणालीमा सुधार गर्नका साथै एसिडिटी र कब्जियतको समस्या कहिल्यै हुँदैन ।
  • यसमा पाइने फाइबरले कोलस्ट्रोललाई घटाएर रगतका धमनीहरुलाई फराकिलो बनाउँछ । साथै हार्ट अट्याक संशयको सम्भावना पनि कम हुने गर्छ l
  • भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांसपेशीहरूको कमजोरी, कपाल झर्ने समस्या आदि सबैबाट मुक्त गराउँदछ l
  • यसलाई तातो पानीमा केही बेर उमालेर यसको पानीलाई छानी मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कमजोरीको समस्या समाधान हुन्छ ।
  • यदि तपाईँ दाँत सम्बन्धी पीडित हुनु हुन्छ भने भुटेको मकै खाने गर्नुहोस् l जसको सेवन गर्दा दाँतको व्यायाम हुन्छ साथै दाँतलाई सफा र बलियो पनि बनाउँदछ l

प्रतिक्रिया दिनुहोस्