Logo

टाईब्रेकरमा म्यानचेस्टर युनाइटेड भाग्यमानी साबित



Spread the love

९ असोज, काठमाडौं । इङ्लिस प्रिमियर लिगको बलियो टोली म्यानचेस्टर युनाइटेड इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा लिग वान क्लब रोचडेलसँग निर्धारित समयमा १–१ को बराबरीमा रोकिएको युनाइटेडले टाइब्रेकरमा जित हात पारेको हो । पेनाल्टी सुटआउटमा म्यानचेस्टर युनाइटेड ५–३ ले विजयी भयो ।

निर्धारित समयमा युनाइटेडका लागि ६८औं मिनेटमा मासन ग्रीनवुडले गोल गरे । त्यसपछि रोचदालेका ७६औं मिनेटमा लुकी म्याथिन्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा युनाइटेड भाग्यमानी साबित भयो । पेनाल्टी सुटआउटमा भने रोचडेलका दुई खेलाडीले गोल गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्