Logo

क्याटलान क्लब बार्सिलोनाका कप्तान मेस्सीले तीन खेल गुमाउने पक्का



Spread the love

९ असोज, काठमाडौं । क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले तीन खेल गुमाउने भएका छन् । मंगलबार राति भिल्लारियलविरुद्ध जित निकालेको खेलमा मेस्सी मसल्समा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।

प्रशिक्षक भलभेर्डेले मेस्सीको चोट सामान्य रहेको बताए पनि परिक्षणपश्चात उनले तीन खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ। मेस्सीले ला लिगाको दुई र च्याम्पियन्स लिगको एक खेल गुमाउने भएका छन् ।

शनिबार बार्सिलोनाले गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ । अर्काे बुधबार च्याम्पियन्स लिगमा इन्टर मिलान र त्यसपछि ला लिगामा सेभिल्लाविरुद्धको खेल गुमाउन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्