Logo

प्रेमको मामलामा यस्ता पुरुषहरु हमेसा सफल रहन्छन्



Spread the love

प्रेम अपनत्वको भाव हो । “प्रेम” मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरुको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ ।

आजकल ब्रेकअफको सिलसिला धेरै सामान्य भइसकेको छ । तपाईकै सार्थी सर्कलमा पनि धेरै त्यस्ता व्यक्ति छन् , जसको एक वा एकभन्दा बढीसँग ब्रेकअफ भएको होस् । गर्लफ्रेन्ड–ब्वाईफ्रेण्डको ब्रेकअफ हुनु त सामान्य नै हो । सात जन्मको कसम खाए पछि पनि मानिसहरु सात महिना या सात वर्ष पनि साथ निभाउन मुश्किल मानिरहेका छन् । तर यस्तो किन ? एक पुरानो भनाइ छ, ‘मानिस प्रेममा अन्धो हुन्छ ।’ प्रेमका कारण मानिस सही र गलतजस्ता कुरालाई सम्झिन सक्दैन् र प्रेमलाई विवाहमा परिणत गर्न खोज्छ । तर विवाहका लागि आवश्यक आधार भने बनाउ सक्दैन ।
यस्ता पुरुषहरु प्रेममा सधैं सफल हुन्छन्:

स्त्रीलाई सम्मान गर्ने पुरुष
जो पुरुष सधैं स्त्रीलाई सम्मानको नजरबाट देख्छन् उनको महत्वलाई सम्झिछन् भने त्यस्ता पुरुषको सम्बन्ध कहिल्यै टुट्दैन ।

पराई स्त्रीलाई स्पर्श नगर्ने
जो पुरुष आफ्नी प्रेमिका या पत्नीको अलावा कुनै पनि पराई स्त्रीप्रति आकर्षित हुँदैनन् , उनी आफ्नो सम्बन्धलाई जोगाउन हरेक अवस्थामा तयार हुन्छन् ।

सुरक्षाको महसुस
जो पति या प्रेमी आफ्नो साथीलाई सुरक्षाको महशुष गराउँछन् उनीहरु प्रेमको मामलामा कहिल्यै हार्दैनन् । यदि तपाई उनीसँग सुरक्षात्मक व्यवहार गर्नुहुन्छ भने उनी निश्चिन्त भएर तपाईको साथमा रहनेछिन् ।

शारीरिक सुख
जो पुरुषले भौतिक र भावनात्मक शुखसँगै आफ्नो जीवनसाथीलाई शारीरिक सुख र सन्तुष्टि प्रदान गर्छन्, उनकी पत्नी तथा प्रेमिका सधैं पसन्न रहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्