Logo

अब ‘ज्योतिषी’ बनेर आउँदै -प्रभास



Spread the love

साउथ इन्डियन फिल्म हेर्न जो-कोहीको मन मुटुमा राज गरेका स्टार प्रभास पछिल्लो समय निकै चर्चाको शिखरमा पुगेका छन् । उनको चर्चा परिचर्चा अहिले विश्वभर चल्न थालेको छ किनभने बलिउड चलचित्र ‘बाहुबली’ र ‘साहो’ बाट उनको फ्यान फ़लॉर निकै चुलिएको छ । यस कारण उनले बलिउडमा नाम र दाम दुइटै कमाएका छन् । उनले अभिनय गरेका चलचित्र एकपछि अर्को हिट भएका हुन्छन् । प्रभासको भखर रिलिज भएको चलचित्र ‘साहो’को चर्चा परिचर्चा नसकिदै फेरी अर्को चलचित्रमा साइन गरेको खबर बाहिरिएको छ । बलिउडका चर्चित निर्देशक राधाकृष्णले निर्देशन गर्ने लागेको नयाँ फिल्म प्रभास अनुबन्धित भएका छन् भने र अहिलेसम्म निर्माण टिमले फिल्म को नाम भने खुलाएका छैन ।

यस चलचित्रमा प्रभास ‘ज्योतिषी’को भूमिकामा देखिने भएका छन् भने यो चलचित्र लभ स्टोरी,धर्म, कर्म र कमेडी हुने खुल्नमा आएको छ । त यस चलचित्रमा प्रभाषसँग पूजा हेगडे अपोजीट भूमिका देखिने निर्माण टिमले बताएको छ । चलचित्र यही नोभेम्बरबाट छायाँकनमा जाने तयारी भएको निर्देशक राधाकृष्णले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्