Logo

सजिलै घरमा नै बनाउन सकिने शाकाहारी परिकारको रेसिपी जानौँ



Spread the love

 

राजमा ग्रेभी: राजमाको प्रयोग तरकारीको रूपमा हुन्छ । यो आपैँमा प्रोटिनयुक्त व्यञ्जन हो । राजमाबाट धेरै परिकार बनाउन सकिन्छ । त्यसैमध्येको एक परिकार हो राजमा ग्रेभी । नेपाली परम्परामा राजमालाई विशेष रूपमा प्रयोग गरिन्छ । त्यस्तै दैनिक भोजनका लागि पनि राजमाको परिकार बनाउन सकिन्छ ।
सामाग्री : ५०० ग्राम राजमा १ दिन अगाडि पानीमा भिजाउनु १०० ग्राम प्याज काट्नु १०० ग्राम टमाटर पिस २५/२५ ग्राम लसुन अदुवा पेष्ट १/१ टेवुल स्पुन जिरा, धनियाँ, वदाम, नरिवल धुलो १/१ टि स्पुन बेसार, खोर्सानी धुलो ४/५ वटा तेजपात नुन अजिनोमोटो तेल इच्छानुसार ।

बनाउने विधि : भिजाएको राजमालाई कुकरमा २ सिठी लगाउने। तेल तताई प्याज रातो हुने गरी फ्राई गर्ने अनि लसुन, गोलभेडा, तेजपात र अन्य मसला राजमामा राखी ४/५ मिनेट भुटेपश्चात झिक्ने । राजमा ग्रेभी तयार हुन्छ ।


शाही पनिर : उत्तर भारतमा असाध्य प्रसिद्द्द पनिर र क्रिम बाट बनाएको तरकारी
सामग्री : १ किलो पनिर, २५० ग्राम क्रिम, ५०० ग्राम प्याज कोरेको, ५०० ग्राम टमाटर मिक्सचरमा पिँध्नु, १०० ग्राम वटर, १०० ग्राम टमेटो प्यूरी, ५०० ग्राम अमिलो दही, २० ग्राम मैदा, १५० ग्राम काजु, १०० ग्राम किसमिस, आधा चम्चा जिरा, आधार चम्चा धनियाँ, बेसार, खुर्सानीको धुलो, एक चौथाई चम्चा जिराको दाना, नरिवलको जुस, १ चिया गिलास वटर, पिनट पेष्ट, १०० ग्राम केसर ५/६ पिस, तेल फ्राई गर्न पुग्ने, नुन, अजिना मोटो स्वाद अनुसार ।
बनाउने विधि : पनिर आधार इन्चको मोटो टुक्रामा काट्नु र हाफ फ्राई गर्नु, किसमिस काजु फ्राई गरी छुट्टै राख्नु। अब बचेको तेलमा प्याज फ्राई गर्नु। रातो भएपछि गोलभेडा पनिर राख्नु। दही मैदा फिट्नु साथै अन्य मसला पनि ४/५ मिनेट पकाउनु धनियाँ प्याजहरू राख्नु तयार भयो।

मिक्स भेजिटेवल पुलाउ
सामाग्री : ५०० ग्राम वासमति चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलकोपि, ५० ग्राम घिउसिमि कोसा, ५० ग्राम वन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा डुवाउनु, ४/५ वटा सुकुमेल ल्वाङ दालचिनी तेजपात, १०० ग्राम राम्रो घिउ १/४ टि स्पुन जिरा गेडा, ५० ग्राम प्याज काटेको, नुन इच्छा अनुसार ५० ग्राम काजु ।
बनाउने विधि : भिजाएको चामलको पानी निचार्नु । अब घिउ तताई ल्वाङ सुकुमेल राखी प्याज फ्राई गर्नु । चामलको पानी तारी चामललाई ४/५ मिनेट भुट्नु आवश्यक पानी राखी पकाउनु । पाकिसके पछि तरकारीहरू राखी चलाउनु पर्छ ।

पालक पनिर

सामाग्री:५ कल्ली पालक २०० ग्राम पनिर, १०० ग्राम मटर दाना, १०० ग्राम प्याज कोर्नु, १०० ग्राम टमाटर पिन्नु, २५/२५ ग्राम अदुवा, लसुन पेष्ट, १/१ टेवुल स्पुन जिरा धनिया धुलो, १/२ – १/२ टि स्पुन बेसार, खोर्सानी धुलो, १५ ग्राम कसुरी मेथी, २ टेवुल स्पुन ताजा क्रिम, १ टेवुल स्पुन कोरेको चिज, १/४ टि स्पुन गरम मसला, तेल, नुन, अजिनोमोटो स्वाद अनुसार ।

बनाउने विधि : पालक सफा गरि काट्नु र नुन राखी ४/५ मिनेट उसिन्नु पनिर ४ कुने पिसमा सानो काट्नु पालकको पानी निचोरी मिक्सरमा सिलौटोमा पिन्नु, तेल तताई पनिरलाई फ्राई गरि नुन पानीमा डुवाउनु बचेको तेलमा प्याज रातो हुने गरि भुट्नु । लसुन गोलभेडा भटर र अन्य मसलाहरू राखी तेल नछुटिन्जेलसम्म पकाउनु । अब पालक र डुवाइ राखेको पनिर राखी पुन ४/५ मिनेट पकाउनु ।

 

साबुदाना पुरी
सामाग्री : १ किलो गहुँको पीठो, आधा किलो साबुदाना, २५ ग्राम जुवानो, नुन स्वादअनुसार, तार्नलाई पुग्ने तेल अथवा घ्यू ।
बनाउने विधि : साबुदानालाई पखालेर ५ मिनेट जति भिजाउनु र पानी निचोरी पीठो चाली साबुदाना जुवानो नुन मिलाई पुरीको जस्तै मुछ्नु सानो गोलो बनाई बेल्नु र पुरी जस्तै गरी तार्नु पर्छ।


कटहर कवाफ
सामाग्री : एक किलो रुख कटहर तासेर टुक्रा गर्नु, १०० ग्राम प्याज मसिनो काट्नु, १०० ग्राम गोलभेडा १०० ग्राम दही, १/१ स्पुन लसुन अदुवा पेष्ट १/१ स्पुन जिरा धनियाँ धुलो, १/१ टि स्पुन, बेसार खोर्सानीको धुलो १०० ग्राम तेल ४ मुठा हरियो धनिया, काटेको १/२ टि स्पुन गरम मसला नून स्वादअनुसार ।
बनाउने विधि : तेल तताई प्याज फ्राई गर्नु र टुक्रा गरेको कटहर राखी नून बेसार राखेर केहिबेर पकाउने । कटहर पाकेपछि लसुन गोलभेडा र अरु मसलाहरू राखी पुन ५/६ मिनेट पकाउनु । अब दहि फिटेर राख्नु । गरम मसला धनियाँ राखी खान दिन ।

प्रतिक्रिया दिनुहोस्