Logo

समाजप्रति व्यङ्ग्यात्म गर्दै बुद्ध लामाले ल्याए नयाँ गीत ‘आफू भन्दा जेठी’ सार्वजानिक (भिडियोमा) 



Spread the love

नेपाल आइडल हेर्ने जो कोहीको लागि सुपरिचित नाम हो- बुद्ध लामा । लामा नेपाल आइडल पहिलो सिजनका विजेता हुन् । नेपाल आइडलबाट एकाएक चर्चामा आएका हुन् । बुद्ध र समीक्षा कोइरालाको स्वरमा रहेको नयाँ गीत ‘आफू भन्दा जेठी’ बोलको गीत सार्वजनिक भएको छ ।

आजकाल केटा र केटीले पैसा बिना कसैलाई भाउ नदिने तर आफू भन्दा जेठीलाई प्रेमिका बनाउने चलनलाई मनोज सिग्देलले तथ्य र यथार्थ घटनालाई समेटेर व्यङ्ग्यात्मक गरेका छन् । गीतमा शब्द मनोज सिग्देल रहेको भिडियोलाई दीपक राजले सङ्गीत भरेका छन् भने रिकेश गुरुङले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा मनोज सिग्देल र सम्पदा बानिया फिचर्ड छन् ।


चक्र बि . बराल(बासु)द्वारा छायाङ्कन गरेका भिडियोलाई विनोद चौधरीले सम्पादन गरेका हुन् । क्षितिज न्याैपाने र अनाेज सिग्देलले निर्माण गरेको गीतलाई सियाेम श्रेष्ठ र युद्ध लामाले निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्