Logo

यौन व्यवसायमा संलग्न रहेका किशोरीहसहित मध्यरातमा ४५ जना सडक बालबालिकाको उद्धार !



Spread the love

१० असोज, काठमाडौं । बुधबार राति काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ४५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले काठमाडौं र ललितपुरका बिभिन्न ठाँउबाट बालबालिकाको उद्धार गरेको हो।

                                                                                       फाइल तस्बिर

राजधानीमा फैलिरहेको डेंगु र स्क्रब टाइफस रोगको जोखिममा सडक बालबालिका नपरून् भन्ने हेतुले उनीहरूको उद्धार गरिएको बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताउनु भयाे ।

उद्धार गरिएकामा तीन देखि १८ वर्ष उमेर समूहका ३० बालक र १५ बालिका रहेका  र उनीहरुलाई विभिन्न सुरक्षित आवास गृहमा राख्ने गरिएको परिषदका प्रशासकीय प्रमुख कृष्ण प्रसाद भुसालले जानकारी दिए । किशोरीहरु भने प्राय: यौन व्यवसाय संलग्न रहेका पाइएको पनि भुसालले बताए ।

नेपाल सरकार, राष्ट्रिय बाल अधिकार परिषद र बालबालिका खोजतलास समन्वय केन्द्रले काठमाडौंको वसन्तपुर, रत्नपार्क, ठमेल, कालमाटी लगायतका ठाउँ र ललितपुर, भक्तपुरका विभिन्न ठाउँबाट रातको समयमा सडकमा भेटिनेहरुलाई उद्धार गर्दै आएको छ । काठमाडौंलाई सडक बालबालिका मुक्त गर्ने अभियान अन्तर्गत ५/७ दिनको फरकमा बालबालिकाको उद्धार गर्ने गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्