Logo

त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपाल आज टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दै



Spread the love

१० असोज, काठमाडौं । सिंगापुरमा आजबाट सुरु हुने टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार (आज) साझँ ५ बजेर १५ मिनेटमा इण्डियन एसोसिएसन क्रिकेट मैदानमा नेपाली समयअनुसार जिम्बाब्वेसँग नेपालले खेल्न लागेको हो ।

फाइल तस्बिर

डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले आफ्नो दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ । त्यस्तै, तेस्रो खेलमा जिम्बाब्वेसँग फेरि अक्टोबर १ मा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अक्टोबर २ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा याे पटक अधिकांश युवा खेलाडी रहेका छन् । कुसल मल्ल र इशान पाण्डेले टिममा पहिलो पटक स्थान बनाएका छन् । सुशान भारी, आरिफ शेख र सन्दीप जोराले पुनगरागमन गरेका छन् । बलियो टिम जिम्बाब्वेलाई पराजित गर्दै जित हात पार्ने लक्ष्यमा नेपाली टिम रहेको छ ।

टिममा पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाष बोहरा, ललितनारायण राजवंशी, सुशान भारी र इशान पाण्डे छन् ।

प्रतिक्रिया दिनुहोस्