Logo

एन्टोनी ग्रिजम्यान भित्र्याउँदा बार्सिलोनालाई ३०० युरो जरिवाना



Spread the love

१० असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनालाई एन्टोनी ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै कारबाही गरिएको छ । ग्रिजम्यान एथ्लेटिको मड्रिडमै रहेका बेला नियमविपरीत उनलाई बार्सिलोनाले क्लबमा अनुबन्धनका लागि गरेको प्रयासका लागि स्पेनिस फुटबल फेडेरेशनले बार्सिलोनालाई ३०० युरो जरिवाना गरेकाे हो ।

फाइल तस्बिर

एथ्लेटिको मड्रिडले रिलिज क्लोउजभन्दा कम रकममा लगेको भन्दै स्पेनिस फुटबल फेडेरेसनमा उजुरी दिएको थियो । उजुरीउपर सुनुवाइ गर्दै फेडेरेसनले बार्सिलोनालाई कारबाही गरेको हो । एथ्लेटिको मड्रिडले ग्रिजम्यानको २०० मिलियन युरो रकमको क्लोउज रिलिज तय गरेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्