Logo

अविवाहित युवतीहरूले मोबाइल बोक्न नपाउने थाहा पाएपछि योस्तो सजाए !



Spread the love

हामीलाई थाहा छ, संसारमा आमूल परिवर्तन आएको छ l जहाँ नयाँ प्रविधिको प्रवेश भइसकेको छ l जसमा मोबाइल पनि एक हो l हुन त सबै जनाको हात-हातमा मोबाइल हुनु सामान्य नै हो l

चाहे विवाहित मानिस होस् या अविवाहित नै किन होस् l प्रत्येकसँगै मोबाइल हुने गर्छ l जसले आफ्नो खबर अन्यलाई सुनाउन वा अन्य व्यक्तिको खबर आफूले प्राप्त गर्न सक्छन् l

तर भारतको गुजरातमा अविवाहित युवतीहरूमाथि मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । अविवाहित युवतीहरूलाई उक्त प्रतिबन्ध गुजरातको जाललो गाउँको ठाकोर समुदायले लगाएको हो ।

जहाँका पञ्चायतले अविवाहित महिलाहरूले मोबाइल बोकेको उचित ठान्दैनन् l गाउँवासीहरू पञ्चायतको यस्तो आदेशलाई संविधान सरह मान्छन् ।

यदि कुनै अविवाहित महिलाले मोबाइल फोन राखे भने त्यो अपराध ठहरिन्छ, र सजाय स्वरूप उनले १ लाख ५० हजार भारू पञ्चायतलाई बुझाउनुपर्ने हुन्छ । जिल्ला पञ्चायत सदस्यका अनुसार, पञ्चायतले उक्त निर्णय समाजको हितका लागि गरेको हो l

प्रतिक्रिया दिनुहोस्