Logo

विश्व मुटु दिवशको अवसरमा अल्का अस्पतालमा विभिन्न ल्याव परीक्षण निशुल्क



Spread the love

१० असोज, काठमाडौं । मुटु दिवशको अवसरमा अल्का अस्पतालले विभिन्न ल्याव परीक्षण निशुल्क गर्ने भएको छ । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदै निशुल्क: ल्याब परीक्षण गर्ने भएको हो ।

सांकेतिक तस्बिर

विश्व मुटु दिवस मनाउँदै लायन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्का अस्पतालले इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो ।

अल्का अस्पतालका सिइओ दिलिप थापाका अनुसार, ‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर सोही दिनका लागि मात्र यी परीक्षणमा पैसा लाग्ने छैन ।

विश्व मुटु दिवसका दिन अस्पताल परिसरमा हुने निशुल्क शिविरमा जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निशुल्क वितरण गरिने र १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नु पर्ने छैन ।

वरिष्ठ चिकित्सकहरुबाट मुटु रोगको उपचार गर्दै आएको अल्का अस्पतालले मुटु रोग पहिचानका लागि विभिन्न हेल्थ्य प्याकेजसमेत सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्