Logo

किन गरिन्छ, मुण्डन संस्कार? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारण



Spread the love

हामीलाई थाहा छ, जुन व्यक्तिले हिन्दु मान्दछ l उसले हिन्दु सम्बन्धी सबै परम्परा वा रीतिरिवाज पनि मान्ने गर्दछ l हिन्दु धर्ममा धरै परम्परा वा रीतिरिवाज समावेश हुन्छ, जसमा मुण्डन संस्कार पनि पर्दछ । तपाइहरूलाई लाग्न सक्दछ, आखिर किन गर्ने त मुण्डन संस्कार? यसको पनि केही कारण होला र? त्यसैले आउनुहोस् चर्चा गरौँ, वास्तवमै किन गरिन्छ, त मुण्डन संस्कार? जहाँ धार्मिक कारणसँगै वैज्ञानिक कारण पनि समावेश छ l जसलाई तल प्रकट गरिएको छ l

धार्मिक कारण :
हिन्दु धर्ममा मुण्डन संस्कार गर्नुको कारण छ l जुन हो जन्मान्तर, हिन्दु धर्मअनुसार, गर्भे कपालले आफूले बिताएका पूर्वजन्मका यादहरूलाई सुरक्षित राख्दछ, र वर्तमानमा पनि स्मरण रहन्छ । त्यसैले आफ्नो वर्तमान तथा नयाँ जीवनको सुरुवातका लागी सो यादहरू मेटाउनका लागी मुण्डन वा छेवर गर्ने गरिन्छ ।

वैज्ञानिक कारण :
जसरी मुण्डन गर्नुका पछाडि धार्मिक कारण भएझैँ त्यस्तै त्यहाँ वैज्ञानिक कारण पनि समावेश छ l जुन बच्चाको स्वास्थ्यसँग जोडिएको छ l जब शिशु आमको गर्भमा हुन्छन् तब उनीहरूको शिरका रोम छिद्रहरू बन्द हुन्छन् र शिरमा फोहोर र ब्याक्टेरिया जम्मा हुन्छन् । शिशुको जन्म भए लगतै नुहाई दिँदा पनि कपालमा टाँसिएका उक्त ब्याक्टेरियाहरू जाँदैनन् । जसलाई शिरबाट हटाउन लागी मुण्डन जरुरी छ l त्यस्तै मुण्डन गर्दा घामको रोशनी सिधै टाउकोमा आएर भिटामिन डी प्राप्त हुन्छ । जसले गर्दा कोशिकाहरू जागृत भएर रक्तप्रवाह राम्ररी हुन पाउँदछ ।

प्रतिक्रिया दिनुहोस्