Logo

के तपाईँ चाहनुहुन्छ उडुसबाट छुटकारा पाउन? अपनाउनुहोस् यी उपाय



Spread the love

अधिकांश मानिसहरूका लागि प्रिय चिज भनेकै निन्द्रा हो l जसले दिनभरिको सम्पूर्ण थकान मेटाउनका साथ साथै भरपूर्ण आनन्द पनि प्राप्त हुने गर्छ l तर यही प्रिय चिजलाई भाताभुंग बनाइने दिने गर्छ, उडुसले l जसको बारेमा सोच्दा नै सबै निन्द्रा भागेर जान्छ l किनकि यसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने समेत गर्दछ l जसले गर्दा निन्द्रा उचितसँग लाग्दैन् l अधिकांश व्यक्तिहरूका लागि उडुस एक जटिल समस्या नै भई दिएको छ, जसको कारण मानिसहरूले राम्रो निन्द्रा प्राप्त गर्न सक्दैन् l त्यसैले प्राय जसो मानिसहरू चाहने गर्छन् कि, आखिर कसरी भगाउन सकिन्छ, त उडुसलाई? त्यसैले आउनुहोस् चर्चा गरौँ उडुस भगाउने विधिहरूबारे l

नीमको तेल :
नीमको तेलमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । जसको प्रयोग किराहरूलाई टाढा राख्न गरिन्छ । त्यसैले यसको प्रयोग उडुस भगाउनका लागि पनि गर्न सकिन्छ, जसले गर्दा उडुसबाट छुटकारा मिल्ने गर्छ l

रातो खुर्सानी :
यदि तपाईँ उडुस देखेर दिक्क भईसक्नु भएको छ भने, रातो खुसार्नी धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे गर्नुहोस् l जसले गर्दा उडुसहरूको अन्त्य निश्चित हुन्छ ।

बिनका पात :
उडुसले हैरान परिरहेको खण्ड हामीले बिनका पातहरूको प्रयोग गरौँ, भने पनि यस्ता उडुस समस्याबाट सजिलैसँग छुटकारा मिलनका साथै मानिसहरूले उचितको निन्द्रा प्राप्त गर्न सक्छन् l

पुदिना रस :
यदि तपाईँको ओछ्यानमा उडुस परेको छ भने, आफ्नो ओछ्यानको नजिक पुदिनाका केही पातहरू राख्नुहोस् l जसको गन्धले उडुसहरू भाग्ने गर्छन् l त्यसैले यस्तो समस्याबाट छुटकारा पाउन पुदिनाको प्रयोग गर्नुहोस् l

नीलगिरी :
नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । यदि तपाईँले यसको केही थोपा उडुस भएको ठाउँमा छर्कनु हुन्छ भने उडुसबाट छुटकारा पाउन सकिन्छ ।

लेवेण्डर :
उडुसले लेवेण्डरको गन्ध सहन गर्न सक्दैन । त्यसैले, तपाईँ लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेण्डरको पर्फ्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्