Logo

कञ्चनपुरमा पर्यटकलाई नेपाली टोपी लगाएर पर्यटन दिवस मनाइयो



Spread the love

१० असोज, काठमाडौँ l आज कञ्चनपुरमा ४० औँ विश्व पर्यटन दिवसको अवसरमा पश्चिमी सीमा नाका हुँदै नेपाल भित्रिने पहिलो विदेशी पर्यटकलाई नेपाली टोपी लगाएर स्वागत गरिएको छ l

नेपाल पर्यटन बोर्ड पर्यटन सूचना केन्द्र गड्डाचौकीले एक कार्यक्रम आयोजना गर्दै गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई स्वागत गरेको हो ।

सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आइएको छ ।

उक्त दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले इरानी नागरिक फजिलाट फजेल सेफर इधैनलाई नेपाली ढाका टोपी तथा राता टीका लगाएर स्वागत गरेका छन् l

प्रतिक्रिया दिनुहोस्