Logo

नेपाली महिला फुटबल टोलीको फिफा वरीयतामा एक स्थान सुधार



Spread the love

१० असोज, काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय महिला फुटबल टोली एक स्थान माथि उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको एक स्थान सुधार भएको हो । नेपाल १ स्थान माथि उक्लिएर १०० औं स्थानमा पुगेको छ ।

नयाँ वरीयतामा फिफा विश्वकप विजेता अमेरिका शीर्ष स्थानमा रहेको छ । जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौथो र स्विडेन पाँचौ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्