Logo

मोदीले भने: विश्वलाइ बुद्ध हामीले दिएका हाै



Spread the love

११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले, भारतले विश्वलाई युद्ध नभइ बुद्ध दिएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा मोदीले भारतले विश्वलाई शान्तिको सन्देश दिएको बताए ।

भारतले महात्मा गांन्धीकाे १५० आैं जन्मदिन मनाउन गइरहेकाले, राष्ट्रसंघको महासभा सम्बाेधनकाे सुरूवातमा माेदीले सम्बाेधनकाे याे अवसर आफ्ना लागि महत्वपूर्ण रहेकाे बताए ।

महासभालाई  हिन्दी भाषामा १७ मिनेट सम्बोधन गरेका मोदीले भने ‘सबैभन्दा ठूलो बलिदान यदि कुनै देशले दिएको छ भने त्यो भारतले हो, हामी त्यो देशका बासिन्दा हौं, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ, शान्तिको सन्देश दिएको छ,’ । त्यसैले, हाम्रो आवाजमा आतंकविरुद्ध विश्वलाई सतर्क बनाउने गम्भीरता छ र सँगै आक्रोश पनि छ ।

’सम्बोधनको क्रममा मोदीले आतंकवाद विश्वका लागि ठूलो चूनौति रहेको बताउँदै आतंकवाद विश्वका कुनै एक देशका लागि मात्र नभइ पूरै विश्व समुदायका लागि खतरा रहेको बताए । आतंकवादविरुद्ध एकजुट हुन विश्व समुदायलाई माेदीले अपिल गरे ।

 

प्रतिक्रिया दिनुहोस्