Logo

त्रिवि सेवा आयोगमा शर्मा नियुक्त



Spread the love

साउन ६, काठमाडौं ।

दिनेश बस्नेत

chaitanne sharma

भर्खरै मात्र विघटन भएको उच्च माध्यमिक शिक्षा परिषदका निवर्तमान उपाध्यक्ष चैतन्य शर्मा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदमा नियुक्त भएका छन। प्रधानमन्त्री एवंम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिसबमोजिम ३ वर्षका लागि नियुक्त गरेका हुन। शिक्षामन्त्रीको अध्यक्षतामा रहने समितिले सो पदका लागि सिफारिस गर्ने व्यवस्था छ। यसअघिका अध्यक्ष प्रा.डा. ईश्वरचन्द्र दत्तको कार्यकाल सकिएपछि त्रिविका रसायनशास्त्रका पुर्व सह प्राध्यापक तथा उपनियन्त्रक शर्मालाई नियुक्त गरिएको हो। उनी मदन भण्डारी मेमोरियल कलेजका पुर्व क्याम्पस प्रमुख पनि हुन।

प्रतिक्रिया दिनुहोस्