Logo

शनिबार मध्यमदेखि अधिक वर्षा हुने सम्भावना !



Spread the love

११ असोज, काठमाडौं । आज (शनिबार) देशभर माैसम बदली भई मेघ गर्जन र चट्याङसहित मध्यमदेखि अधिक वर्षा हुने सम्भावना रहेकाे मौसमविदले बताएका छन् ।

फाइल तस्बिर

मौसमविद् शान्ति कँडेलका अनुसार, मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको छ । काठमाडौं उपत्यकालगायत देशका मध्य र पूर्वका थोरै तथा पश्चिमका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको भएतापनि लगातार पानी पर्ने सम्भावना भने नरहेकाे मौसमविद् कँडेलले बताउनु भयाे ।

पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने उहाँले बताउनुभयो । यस्तै बाढी र पहिरोको जोखिम रहेको भन्दै उहाँले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् कँडेलको अनुरोध छ ।

साथै दशैँमा घर जानेहरुले पनि पहिरो जान सक्ने राजमार्गका सम्भावित ठाउँहरुमा सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।

नेपालमा सामान्यतया जून १० बाट मनसुन सुरु भएर सेप्टेम्बर २३ सम्म रहन्छ । तर, पछिल्ला केही वर्षयता ढिलो गरी बाहिरिँदै आएको मनसुन यस वर्ष अझैसम्म सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस्