Logo

बैतडीमा बिहानै बस दुर्घटना !



Spread the love
११ असोज, बैतडी । बैतडीको लोर्खामा आज (शनिबार) विहानै बस दुर्घटना भएकाे छ । महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि २१ यात्रु घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिएका छन् ।

गम्भीर घाइते हुनेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३३ वर्षीया सीदेवी चन्द, ६६ वर्षीय किसन दयाल, १५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान, र गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउँद रहेकाे प्रहरी नायव निरीक्षक खडायतले जानकारी दिए । गम्भीर सातै जनालाई उपचारका लागि जिल्ला बाहिर पठाइएको प्रहरीले जनाएको छ । अन्य यात्रु भने सामान्य घाइते भएका छन् ।

सडकको खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटर तल खसेको छ । बसका चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस्