Logo

विप्लवका तीन कार्यकर्ता पक्राउ



Spread the love

११ असोज, नवलपरासी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना विद्यार्थी नेतालाई प्रहरीले नवलपरासीको सुनवलबाट पक्राउ गरेको छ । उनीहरुलाई सुनवलको रमवापुरबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नवलपरासीका प्रहरी प्रवक्ता नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार, पक्राउ पर्नेमाअखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारीसहित अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्वविद्यार्थी संयोजक रुकुम पश्चिम सानीभेटी गाउँपालिका- ९ का नैनसिंह खड्का र अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्ज कैलाली लम्कीचुवा नगरपालिका-१ का वीरेन्द्र विक रहेका छन् ।

विद्यार्थीहरुको सम्मेलनमा भाग लिन सुनवलको रमवापुरमा पुगेका उनीहरुलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।

शारदा भण्डारीलाई प्रहरीले यसअघि पनि पक्राउ गरेको थियो । उनी अदालतको आदेशमा रिहा भएकी थिइन् । पहिलो पटक नवलपरासीबाट ४० हजार धरौटी तिरेर रिहा भए पनि प्रहरीले भण्डारीलाई पुनः पक्राउ गरेको थियो । त्यसपछि सर्वोच्चको आदेशमा ७१ दिनपछि भण्डारी रिहा भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्