Logo

आइतबारदेखि मालवाहक सवारीलाई काठमाडौँ प्रवेशमा रोक



Spread the love

११ असोज, काठमाडौं । दसैंका बेला सडक जाम हुन नदिन यातायात व्यवस्था विभागले ठूला सवारीलाई काठमाडौँ प्रवेशमा रोक लगाउने भएको छ । यातायात व्यवस्थापन गर्न भन्दै यातायात व्यवस्था विभागले असोज १२ आइतबार घटस्थापनाको दिनदेखि १८ गते फुलपातीसम्म चितवनको नारायणगढदेखी काठमाडौसम्म ठूला १० चक्के सवारीलाई प्रवेशमा रोक लगाउने भएको हो ।

विभागका अनुसार, आइतबारदेखि ठूला मालवाहक सवारीलाई काठमाडौं प्रवेशमा रोक लगाइने छ। दसैँको लागि घर हिँडेका यात्रु नागढुंगा–नौबिसे खण्डमा लामो समयसम्म जाममा फसेपछि विभागले शुक्रबार विज्ञप्ति जारी गरी असोज १८ सम्म १० चक्के र त्योभन्दा ठूला सवारीसाधनलाई चितवनको नारायणगढमै रोक लगाएकाे हाे ।

दैनिक उपभोग्य बस्त, लताकपडा, औषधी, तरकारी, मासु लगायत तत्कालै सकिने सामाग्री बोकेका सवारी साधन भने चल्न पाउने छन् । विभागले राजधानी काठमाडौँबाट दशैँको समयमा बाहिरिने यात्रुको संख्या धेरै भएको र पृथ्वी राजमार्गमा घण्टौ सवारी जाम भएपछि त्यसलाई व्यवस्थित गर्न यस्तो निर्णय गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्