Logo

टमाटर खेतिमा ५ करोड क्षति, झन्डै तिन हजार किसान प्रभाबित



Spread the love

सल्यानमा अबिरल बर्षाका कारण पाँच करोड रुपैया बराबरको टमाटर खेतिमा क्षति पुगेको छ । वर्षाका कारण झन्डै तीन हजार किसान प्रभावित भएका छन ।साउन अन्तिम साता र भदौको पहिलो हप्तामा आएको लागातारको बर्षाले कपुरकोट क्षेत्रको आसपासमा १ सय ८० हेक्टर क्षेत्रफलमा किसानले लगाएको टमाटर खेतिमा चार करोड बराबर क्षती भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
यस्तै जिल्लाका अन्य ठाउँ बरला, ढोरचौर, सल्लिबजार, थारमारे र कोर्बाङ झिम्पे लगायतका ठाउँहरुमा किरा तथा बर्षाले टमाटर खेतिमा एक करोड बराबरको क्षेति पु¥याएको बरिष्ठ कृषि बिकास अधिकृत अमर राज शर्मा घिमेरेले बताए ।
‘आधा भन्दा बढि टमाटर त असार र साउनको दोस्रो हप्ता सम्म किसानलहरुले बिक्रि गरिसकेका छन, त्यो भन्दा पछि फलेको टमाटरमा क्षेति पुगेको हो,’ उनले भने । घिमेरेका अनुसार जिल्ला भरी क्षतिको विवरण सङकलन गरेर क्षत्रिय बिभागमा पठाईसकेको छ । बर्षाले मकै बालिमा पनि क्षति यसैविच अबिरल बर्षा सँगै आएको हावाहुरीले जिल्लाको ६ हेम्टर क्षेत्रफलको मकै बालिमा पनि क्षति पु¥याएको कार्यलयले जनाएको छ

कार्यलयका अनुसार जिल्लाको कुमाखमालिका गाउँपालिका, शारदा नगरपालिका, र कालिमाटि गाउँपालिमा करिब ४ लाख रुपैयाँ बराबरको मकैबालिमा क्षति पु¥याएको छ । यसैगरी शारदा नगरपालिका ११ मा बिउ उत्पादनको लागी ४ हेक्टर क्षेत्रफलमा लगाएको मकैबालिमा क्षति पु¥याएको बरिष्ठ कृषि बिकास अधिकृत घिमेरेले बताए ।

प्रतिक्रिया दिनुहोस्