Logo

स्पेनिस ला लिगामा मेसी र फातीबिनै बार्सिलोना गेटाफेविरुद्ध मैदान उत्रिँदै



Spread the love

११ असोज, काठमाडौं । स्पेनिस ला लिगामा आज राति बार्सिलोनाले गेटाफेको सामना गर्दैछ। गेटाफेको घरेलु मैदानमा खेल नेपाली समयअनुसार ७:४५ बाट सुरु हुनेछ । आन्सु फाती र कप्तान लियोनेल मेसी बिना नै बार्सिलोनाले गेटाफेबिरुद्धको खेल्ने भएको हो ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले गेटाफेविरुद्ध खेलका लागि १९ सदस्यीय टोली घोषणा गरिसकेका छन् । शत प्रतिशत फिट नहुनुका बाबजुद पनि ओस्मान डेम्बेले उक्त टोलीमा अटाएका छन् । यसैगरी भिल्लारियलविरुद्ध खेलमा टोलीमा नरहेका मिडफिल्डर इभान राकीटिच पनि टोलीमा समावेश छन् । दुवै खेलाडीको पहिलो रोजाइमा पर्ने सम्भावना एकदमै कम रहेको छ । आक्रमणमा लुइस सुआरेज र एन्टोइन ग्रिज्मनले खेल्नेछन् । यसै साता सम्झौता नविकरण गरेका कार्लेस पेरेजले यी दुईलाई साथ दिने सम्भावना छ ।

सिजनको खराब सुरुआत गरेको बार्सिलोना ६ खेलबाट १० अंक मात्रै जोडेर तालिकाको सातौं स्थानमा रहँदा प्रतिद्वन्द्वी रियाल मड्रिडले १४ अंकको साथ शिर्ष स्थान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्