Logo

‘मिस्टर नेपाली’को दसैँ गीत ‘हे मेरा परदेशी दाजु भाइ’ सार्वजानिक यस्तो भूमिकामा नायक भुवन(भिडियोमा)



Spread the love

चर्चित नायक तथा निर्देशक भुवन केसीले अभिनय गरेको चलचित्र ‘मिस्टर नेपाली’को दसैँ गीत ‘हे मेरा परदेशी दाजु भाइ’ सार्वजनिक भएको छ । नायक केसी पछिल्लो समय फिल्म भन्दा पनि निर्देशकमा बढी व्यस्त रहेका  छन् भने चलचित्र ‘मिस्टर नेपाली’बाट फेरी नेपाली फिल्ममा कम ब्याक भएका छन् ।

विदेश गएका नेपाली दाजु भाइहरूको कथा बोकेको गीतमा हेमन्त कान्छा रसाइलीको स्वर दिएका छन् भने देव भुसालको शब्द रहेको गीतमा सुवास भुसालले सङ्गीत भरेका छन् । यस चलचित्रमा नायक भुवन धोती र कुर्ता देखीका छन् । यसो हेर्दा उनी मधेस कमिनिटिको रोल गरेका छन् । चलचित्रको मुख्य भूमिकामा नायक भुवन, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तवका अलावा डेव्यु कलाकार साहिल श्रेष्ठ र कुसुम राउत लगायत कलाकार मुख्य भूमिका रहेको छन् ।

निरज कँडेलद्वारा छायाङ्कन गरेको चलचित्रलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । प्रेमराज दाहालले निर्माण गरेका चलचित्रलाई देव भुसालकै कथा,पटकथा र निर्देशन आफै गरेका छन् । चलचित्र यही कार्तिक २९ गतेबाट देशभर प्रदर्शनको हुँदैछ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/49LELXn5UgY

प्रतिक्रिया दिनुहोस्