Logo

दशैँका लागि हिमालपारिको जिल्लाबाट च्याङ्ग्रा पोखरामा भित्रँदै



Spread the love

११ असोज, पोखरा। दशैँका लागि हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट पोखरामा च्याङ्ग्रा ल्याउने क्रम सुरु भएको छ ।

व्यापारी यतिबेला हुलका हुल च्याङ्ग्राका साथ हेमजा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याई पुर्याउछन् । पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रो स्वास्थ्यका हिसाबले पनि राम्रो हुने भएकोले पोखरा र आसपासमा दशैँको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ ।

दशैँ आउनुअगाबै च्याङ्ग्रा किन्नकै लागि झण्डै एक महीना अघि व्यापारी मुस्ताङ पुगिसक्ने गर्दछन् । उच्च हिमाली क्षेत्रमा चर्ने भएकाले पोखरा सुरक्षित तवरबाट ल्याउन झण्डै १५÷२० दिन हिँडाएर च्याङ्ग्रा ल्याउनुपर्ने बाध्यता छ ।

पोखरा झरेका च्याङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म पुग्ने गरेका छन् । पछिल्ला समयमा काठमाडौँमा च्याङ्ग्राको माग बढे पछि खाद्य संस्थानमार्फत पुर्याउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्