Logo

जानौँ फुड पाेइजनिङबाट बच्ने उपाय



Spread the love

हामीले खाने प्रदूषित खाना र पानीबाट ब्याक्टेरिया,परजीवी, भाइरस तथा विषादी शरीरमा प्रवेश गर्ने भएकाले फुड पोइजनिङ हुने गर्छ । फुड पोइजनिङ कुन जीवाणुका कारणले हुन्छ भन्ने यकिन छैन । तर, अस्वस्थ खानपानका कारण नै यो समस्या देखिने गर्दछ ।

तर, यसबाट बच्न नसकिने भन्ने होइन । कति पय समयमा फ्रिजमा राखिएको खानेकुरा पनि स्वस्थ नहुन सक्छ । लामो समयसम्म राख्दा बिग्रने भएकाले खानुभन्दा अगाडि बिग्रेको छ कि छैन भन्ने राम्रोसंग हेर्नु पर्छ । पकाएको खानालाई दुई घन्टाभन्दा बढी समय राख्नुहुँदैन । यसलाई उचित समयमै खानुनै उपयुक्त हुन्छ । खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्छ । काँचै सेवन गर्ने खाद्यान्न तथा फलफूल पनि राम्ररी पखालेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।

पकाउने स्थान र पकाउने व्यक्ति सफा हुन जरुरी छ । बाहिर खुला राखिएका खानेकुरा खाँदा ब्याक्टेरियल संक्रमण हुने सम्भावना उच्च रहन्छ । बाहिरबाट आएपछि, जनावरलाई छोएपछि, कुनै काम गरेपश्चात् राम्ररी हात धुनुपर्छ । भान्साकोठामा प्रयोग गरिने भाँडाकुँडा, तौलिया, भाँडा सफा गर्ने कपडा आदि राम्ररी सफा गरेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।

राम्ररी नपाकेको अण्डा, सागपात, माछा र मासु खानुहुँदैन । बाटोमा बेच्न राखिएका खानेकुरा सकेसम्म खानुहुँदैन । पानीको शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ । प्रशस्त मात्रामा झोलिलो तथा नुनिलो खानेकुरा खानुका साथै जीवनजल पनि खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्