Logo

यदि जीवनमा निराशा छाएको छ भने सिरानीमुनि यस्ता चिजहरु राखेर सुत्ने गरौँ



Spread the love

यदि जीवन जिउने क्रममा आफू असफल भइरहेको छ भन्ने लाग्छ भने केही वास्तुसम्बन्धी टिप्सलाई अपनाउँदा सफलता मिल्न सक्छ । सफलता मिल्ने बाटो भनेको वास्तुमाथिको विश्वास त होइन, तर यसले मनोबल बढाउने काम भने पक्कै गर्न सक्छ ।

वास्तुअनुसार सबै कुरा घरमा नभए पनि केही कुरा चाहिँ हामीले फलो गरेको खण्डमा हामीलाई सफलता हासिल हुन्छ । तीमध्ये सुत्नुभन्दा अगाडि सिरानीमुनि गीता वा सुन्दरकान्ड राख्ने हो भने यसले हामीलाई चिन्ताबाट मुक्त गर्न सहयोग गर्दछ। यसले हामीलाई सकारात्मक ऊर्जा प्रदान गर्दछ । गीता सिरानीमुनि राख्दा गुरु ग्रहको सकारात्मक प्रभाव पर्ने सक्छ ।

सुत्नुअगाडि सिरानी छेउ तामाको भाँडामा पानी राख्ने र त्यसले विहानमा उठेर मुख धुने तथा त्यसलाई अरुले कुल्चन नमिल्ने ठाउँमा फाल्नु पर्छ । यसो गर्दा शान्ति ल्याउने, मानिसलाई सफलतातिर डोर्याउने र पैतृक सम्पत्तिबाट पनि लाभ मिल्दछ ।

यदि नराम्रा सपना देखिरहेको छ र ती सपनाहरुबाट छुटकरा पाउन चाहनुका साथै केही नयाँ गर्न खोज्छ भने उसले फलामको केही टुक्रा सिरानीमुनि राख्दा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्