Logo

प्रिमियर लिगमा आज आठ खेल हुँदैछ, लिभरपुलले सेफफिल्ड युनाइटेडसँग प्रतिस्पर्धा गर्दै



Spread the love

११ असोज, काठमाडौं । इंग्लीस प्रिमियर लिगमा आज ८ खेलहरु हुँदैछ । आज म्यानचेस्टर सिटी, लिभरपुल, टोटनह्याम र चेल्सीजस्ता बलिया टोली मैदान उत्रदैछ । सेफफिल्ड युनाइटेडले लिभरपुलसंग साँझ ५ :१५ मा प्रतिस्पर्धा गर्दैछ । बर्नमाउथले वेस्ट ह्यामको सामना राति ७ बजेर ४५ मिनेटमा गर्नेछ भने सोहि समयमा एस्टन भिल्ला र बर्नली आपसमा भिड्ने छन् ।

त्यस्तै, राति ७ बजेर ४५ मिनेटमा चेल्सीले ब्राइटनको सामना गर्नेछ भने सोहि समयमा क्रिस्टलप्यालेस र नरविच सिटी आमने सामने हुँदैछ । टोटनह्यामले साउथह्याम्पटसंग राति ७ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्दा सोहि समयमा उल्भरह्याम्टन वाटफोर्डसंग प्रतिस्पर्धा गर्नेछ र राति १० बजेर १५ मिनेटमा एभर्टनले म्यानचेस्टर सिटीको सामना गर्दैछ ।

प्रिमियर लिगको छैठौं चरणको खेल सम्पन्न भइसक्दासम्मको अंकतालिका अनुसार १८ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ भने १३ अंक सहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ।

समान ११\११ अंक भएका लेस्टर सिटी, आर्सनल र वेस्ट ह्याम गोल अन्तरका आधारमा क्रमश तेस्रो चौथो र पाँचौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्