Logo

स्पेनिस ला लिगामा आज चार खेल हुँदै, रियल मड्रिड र एथ्लेटिको मड्रिड आपसमा भिड्दै



Spread the love

११ असोज, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आज राति ४ खेल हुँदैछ। जसमा बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिडजस्ता बलिया टोलीहरु मैदान उत्रँदै छन्।

 पहिलो खेलमा एथ्लेटिको बिल्बाओ र भ्यालेन्सिया आज दिउँसो ४ बजेर ४५ मिनेटमा आमने सामने हुँदैछ। दोस्रो खेलमा बार्सिलोनाले गेटाफेसंग राति ७ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ ।

तेस्रो खेल ग्रानडा र लेगनासबीच १० बजेर १५ मिनेटमा हुनेछ भने अन्तिम खेलमा रियल मड्रिड र एथ्लेटिको मड्रिडबिचको खेल राति १२ बजेर ४५ मिनेटबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्