Logo

त्रिकोणात्मक टि-२० सिरिज: नेपालले सिंगापुरविरुद्ध टस हारेर पहिला बलिङ गर्दै



Spread the love

११ असोज, काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आयोजक सिंगापुरविरुद्ध पहिला बलिङ गर्ने भएको छ । सिंगापुरले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

नेपालले दुई महिनाअघि सिंगापुरमा भएको आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा सिंगापुरसँग ८२ रनले पराजय व्यहोरेको थियो । नेपाल उक्त हारको बदला लिने दाउमा रहेको छ । पहिलो खेलमा जिम्बावेसँग गरेको प्रर्दशनले नेपालको मनवोल उच्च छ ।

प्रतिक्रिया दिनुहोस्