Logo

व्यवसायीद्वारा प्रहरीलाई साइकल सहयोग



Spread the love

१२ असोज, कञ्चनपुर – कञ्चनपुरको भीमदत्तनगरका युवा व्यवसायीले शनिबार जिल्ला प्रशासन कार्यालयमार्फत १२ थान साइकल सहयोग गरेको छ । चाडपर्वका बेला गस्ती गर्न सहज होस् भनेर व्यवासायीले प्रहरीलाई साइकल उपलब्ध गराएको हो ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत जिल्ला प्रहरी कार्यालयलाई साइकल हस्तान्तरण गरिएको हो । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले दशैँ, तिहार र छठ पर्वका बेला सुरक्षाका लागि खटिने प्रहरीको सुविधाका लागि साइकल हस्तान्तरण गरिएको बताए । “सहयोगी भावना राख्दै विभिन्न सामाजिक कार्यमा संलग्न युवा मिलेर सहयोग गरिएको हो”, उनले भने, “समाजमा शान्ति सुरक्षामा खटिने प्रहरीसित समन्वय र सहयोग गर्नु हाम्रो दायित्व हो ।”

कार्यक्रममा दाताहरुका साथै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश आर्चायलगायत उपस्थित थिए । प्रहरीले चाडपर्वलाई लक्ष्य गरी जिल्लाभर सुरक्षा सक्रियता बढाएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाभर चाडपर्वका लागि आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्