Logo

लागूऔषध बरामद



Spread the love

१२ असोज, सप्तरी – यहाँका एक युवकको साथबाट लागूऔषध बरामद गरिएको छ ।

खडक नगरपालिका–९ का २९ वर्षीय प्रभुनारायण चौधरीको साथबाट ११ एम्पुल फेनारगन, १३ ट्याब्लेट नाइट्राभेट, एक÷एक एम्पुल लुपिजेसिक र डाइजेल्याव बरामद गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । बोदे बर्साइनबाट लालपट्टी आउने क्रममा प्रहरीले उनलाई जाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध शरीरमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको हो ।

यस्तै इलाका प्रहरी कार्यालय भेडियाबाट प्रहरी नायब निरीक्षक रामबाबुराय यादव नेतृत्वको प्रहरी टोलीले दुई युवालाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–१ का २२ वर्षीय प्रविण दाहाल र उदयपुरको त्रियुगा नगरपालिका–६ का २२ वर्षीय सहिद अली रहेका छन् । दाहालको साथबाट लुपिजेसिक १५ एम्पुल, डाइजेल्याब छ एम्पुल र अलीको साथबाट फेनारगन १२ एम्पुल बरामद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्