Logo

पीएसजीको जितमा नेयमारको निर्णायक गोल



Spread the love

१२ असोज, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बोर्डुअक्सलाई पराजित गरेको छ । शनिबार राति पीएसजीले बोर्डूअक्सलाई उसैको १–० गोलकाे अन्तरले पराजित गरेको हो । पीएसजीकाे जीतका लगि नेयमारले निर्णायक गोल गरे ।

                                                                                                           फाइल तस्बिर

दुवै टिमले खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा भने पीएसजीले गोल गर्दै जित निकाल्न सफल भयो । खेलको ७०औं मिनेटमा पीएसजीका लागि नेयमारले गोल गर्दै १–० को अग्रता दिलाएसँगै पीएसजीले बोर्डुअक्समाथि साँघुरो जित निकाले हाे।

बोर्डुअक्सलाई जितेसँगै लिगको शीर्ष स्थानमा रहेको पीएसजीले ८ खेलबाट १८ अंक बनाएको छ । पराजित बोर्डुअक्स भने ८ खेलबाट १२ अंक बनाउँदै छैटौं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्