Logo

सवारी दुर्घटना नगराएका चालकहरूलाई सम्मा गरिँदै



Spread the love

१२ असोज, काठमाडौं । अहिलेसम्म सवारी दुर्घटना नगराएका चालकहरूलाई महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले सम्मान गर्ने भएको छ । ट्राफिकले थालेको दुर्घटना अभियानअन्तर्गत सवारी चालकलाई सम्मान गर्न लागिएको हो ।

नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठजस्ता पर्वलाई लक्षित गरेर सवारी दुर्घटना नगराएका चालकहरूलाई सम्मान गरिदैँछ ।

ट्राफिक महाशाखाका एसपी रविकुमार पौडेलले दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आज बिहान ७ जना चालकलाई सम्मान गर्न लागेकाे बताउनु भएकाे छ ।

बसपार्कमा आयोजना हुने कार्यक्रममा कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि उपस्थित हुनेछन् । सम्मान पाउनेमा विशेषतः लामो दूरीका सवारी चालक छन् ।

प्रतिक्रिया दिनुहोस्