Logo

गगन थापाले भने : पूर्वराष्ट्रपतिकाे उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुन विपरीत छ



Spread the love

१२ असोज, काठमाडौं । कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले पूर्वराष्ट्रपति एवम् कांग्रेसका पूर्वनेता डा. रामवरण यादवको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुनविपरीत भएको बताएका छन् । पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार व्यहोर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको थियो ।

फाइल तस्बिर

सरकारको यो निर्णयमाथि प्रश्न उठाउँदै थापाले प्रधानमन्त्रीलाइ प्रश्न गर्दै भनेका छन्, पूर्वराष्ट्रपति वा वर्तमान प्रम जो भए पनि कानूनले कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो ?’

तीन वर्षअघि पूर्वराष्ट्रपति डा.  यादवको पेटमा क्यान्सर देखिएकाे थियाे, त्यस लगत्तै उनकाे अमेरिकामा उपचार गरिएको थियो । अमेरिकाबाट स्वास्थ्यलाभ गरेर फर्किएपछि डा. यादवले हरेक वर्ष भारतको चण्डीगढस्थित पीजीआईएमईआर अस्पतालमा नियमित जाँच गराउँदै आएका छन् ।

लगभग दुईसाता अघि रगतमा केही खराबी देखिएको आशंकापछि डा. यादव चण्डीगढ गएका थिए । अहिले भने उनी स्वस्थ छन् । डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति हुन् ।

प्रतिक्रिया दिनुहोस्