Logo

शास्त्रका अनुसार लेखाईबाट थाहा पाउन सकिन्छ, व्यक्तिको स्वभाव !



Spread the love

स्कुल जीवनमा अधिकांश जसो व्यक्तिहरूका लागि मुस्किल चिज भनेकै पढाई हो l जसबाट विद्याथीहरूले शिक्षकको मुखबाट तारिफ पाउनका साथसाथै गाली पनि प्राप्त गर्छन् l तर पढाईको मामलामा भन्दा पनि पटक पटक शिक्षकहरूले गाली गरिरहनु पर्ने विषय भनेको अक्षर हो l जहाँ विद्याथीहरूले आकर्षित अक्षर लेख्नै पर्छ l त्यस्तै ज्योतिषशास्त्र र समुद्रशास्त्रका अनुसार, लेखाईको तरिकाबाट पनि त्यस व्यक्तिको स्वभावबारे सजिलै जान्न सकिन्छन् l त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कस्तो लेखाई भएको व्यक्तिको स्वभाव कस्ता?

ठुला अक्षर लेख्ने :
यदि कुनै व्यक्तिले अक्षर ठुला लेख्दछन् भने थाहा पाउनुहोस् l त्यस व्यक्तिको स्वभावमा अत्यन्तै मिलनसार, प्रेमका लागि भट्किरहने साथै घुम्नुमा पनि इच्छा लाग्ने हुन्छन् l

अक्षरको बिच खाली ठाउँ नराखी लेख्ने :
जुन व्यक्तिले लेख्दा खेरि कुनै खाली ठाउँ राख्दैनन् त्यस किसिमका व्यक्ति एक्लै बस्न डराउने, मानिसको भीड भएको ठाउँ मन पराउने वा अन्य व्यक्तिको मद्दतको धेरै अपेक्षा गर्ने गर्छन् l

मध्यमखाले लेख्ने :
जो व्यक्तिले लेख्दा न त धेरै ठुला न त धेरै साना (मध्यमखाले) अक्षर लेख्छन् त्यस्ता व्यक्ति अक्सर जस्तो सुकै स्थितिलाई पनि सहन सक्ने वा आफूलाई एडजस्ट गर्न सक्ने खालका हुन्छन् l यस किसिमको व्यक्तिले कसैसँग न त धेरै अपेक्षा राख्छन्, न त गुनासो नै ।

छोटो–छोटो लेख्ने :
यदि कुनै व्यक्तिले अक्षर लेख्दा धेरै छोटो लेख्दछ भने त्यस व्यक्ति पढाइमा धेरै तेज हुनका साथै उनीहरू कुशल, एकाग्र र लजालु स्वभावका पनि हुने गर्छन् l

हरेक अक्षरपछि खाली ठाउँ राखेर लेख्ने :
जो व्यक्ति लेख्दा खेरी हरेक अक्षरको बिचमा थोरै खाली ठाउँ (ग्याप) राख्छन् । त्यस्ता व्यक्ति आफ्नो जिन्दगीमा स्वतन्त्रता चाहन्छन् ।साथै कुनै पनि प्रकारको बन्धनमा रहन चाहँदैनन् ।

प्रतिक्रिया दिनुहोस्