Logo

यसरी राख्न सकिन्छ, मुटुलाई स्वस्थ



Spread the love

मानव जीवनको एक महत्त्वपूर्ण अङ्ग भनेको मुटु हो l जुन शक्तिशाली मांसपेशिक अङ्ग हो । यो शरीरमा छातीभित्र दुई फोक्सोको बिचमा रहेको हुन्छ । सले रक्तनली मार्फत सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । त्यसैले प्रत्येक व्यक्तिले आफ्नो मुटुको सुरक्षा गर्नका साथ साथै यसलाई स्वस्थ राख्न पनि महत्त्वपूर्ण रहेको छ l त्यसैले आउनुहोस् चर्चा गरौँ मुटु कसरी राख्ने त स्वस्थ भन्ने विषयबारे l

चुरोट, सुर्ती नखाने :
यदि तपाईँ आफ्नो मुटुलाई स्वस्थ राख्न चाहनुहुन्छ भने चुरोट, सुर्ती धूम्रपान नगर्नुहोस् l जसको सेवन गर्नाले स्वास्थ्यमा नोक्सानी पुर्‍याउनका साथ साथै मुटुलाई पनि कमजोर बनाउने गर्छ l

व्यायाम गर्ने :
के तपाईँ चाहनुहुन्छ, आफ्नो मुटुलाई स्वस्थ राख्नका साथसाथै रोगबाट मुक्त गराउन? यदि चाहनुहुन्छ भने दिनहुँ व्यायाम गर्ने गर्नुहोस् l जसले गर्दा मुटु स्वस्थ हुनका साथ साथै अन्य रोगहरूबाट पनि छुटकारा मिल्दछ l

फलफुल तथा सागपात खाने :
यदि तपाईँ आफ्नो शरीरको महत्त्वपूर्ण अङ्ग मुटुको सुरक्षा गर्नका साथै यसलाई स्वस्थ राख्न चाहनुहुन्छ भने फलफुल तथा सागपात खाने बानी बसाल्नुहोस् l जसले तपाइको मुटुलाई स्वस्थ राख्दछ l

दैनिक ६–८ घण्टा सुत्ने :
अधिकांश मानिसहरू बढी आराम पाउनका लागि बढी सुत्ने गर्छन् l तर बढी सुत्नु स्वास्थ्यको लागि उपयुक्त हुँदैन l त्यसैले दैनिक ६–८ घण्टा सुत्ने बानी बसाल्नुहोस् l

मोटोपन घटाउने :
यदि तपाईँ बढी नै मोटो हुनुहुन्छ भने यो तपाइको स्वास्थ्यको लागि उपयुक्त रहदैन् l जसको असर मुटुमा पनि पर्ने गर्छ l त्यसैले मुटु स्वस्थ राख्नका लागि तपाइको मोटोपना घटाउन पनि आवश्यकता छ l

प्रतिक्रिया दिनुहोस्