Logo

गुल्मीमा आपसी झगडा हुँदा एक जनाको ज्यान गयो



Spread the love

१२ असोज, गुल्मी l गुल्मीमा आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ l मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका–६ खड्गकोटका ६४ वर्षीय दुर्गादत्त ढकाल रहेका छन् l

छिमेकी ४५ वर्षीया टोप बहादुर सार्कीले शनिवार साँझ आपसी झगडामा ढकाललाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते ढकाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मीन घलेले जानकारी दिएका छन् । टोप बहादुरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्