Logo

विराजको ‘साङ्लो’को फस्टलुक सार्वजनिक



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘साङ्लो’को फस्टुलक सार्वजनिक भएको छ । उक्त चलचित्र सुरुवात देखिनै चर्चामा रहेको थियो । चर्चामा रहनुको कारण मिस नेपाल निकिता चण्डक र नायक विराज भट्टले नै निर्मित तथा निर्देशन गरेको कारण नै चर्चामा रहेको छ । फस्ट फस्टलुकमा नायक विराजले आफ्नो अनुहार मात्र सार्वजनिक गरेका छन् भने उनले आफ्नो अनुहार बिकाउन खोजेका त होइन, अहिले सबैको चासोको बिषय भनेको छ  ।

चलचित्र ‘साङ्लो’ एक्सन, लभ स्टोरी र सामाजिक कथामा आधारित कथा बस्तुमा निर्माण गरिएको बुझिएको छ । यस चलचित्रबाट निकिता नायिकाको रूपमा देखिने भएकी छिन् भने अहिले दर्शक ‘साङ्लो’को प्रतीक्षामा रहेका छन् किनभने मिस नेपाल निकिताको अभिनय र एक्टिंग हेर्नको लागि दर्शक पर्खाइमा बसेका छन् । अक्सर सबै सुन्दरताको कारण चर्चामा आउने गरेका पाइन्छ तर त्यो नहुँदो रहिछ अहिले निकिता प्रमाण गर्दिएकी छिन ।

सुरुवातमा यो चलचित्र कात्तिक १५ गते रिलिज हुने भनिए पनि छायाङ्कन पुरा हुन् सकेन् भने अब यही फागुनको ९ गतेबाट रिलिज हुने निर्माण टिमले बताएका छन् । चलचित्र ‘आमा’ले पनि फागुन ९ प्रदर्शन मिति तय गरेकाले अब विराजको चलचित्रसँग जुध्ने पक्का भएको छ । कसले मार्छ बाजी हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्