Logo

चलचित्र ‘च च हुई’ को दोस्रो गीत‘जवानी’ एलिशाको पछि आर्यन (हेर्नुहोस् भिडियो)



Spread the love

यहि मङ्सिर ६ गतेबाट प्रदर्शन तयारीमा रहेको चलचित्र ‘च च हुई’ को दोस्रो गीत ‘जवानी’ सार्वजनिक भएको छ । विनय सापकोटाको शब्द रहेको गीतमा सुमन गुरुङ र रोशन थापाको स्वरको छ भने रोशन थापाले नै सङ्गीत भरेका छन् । गीतलाई शिशिर खातीले कोरियोग्राफी गरेका हुन् ।

यस गीतमा नायक आर्यन सिग्देल र एलिशा शर्माको फ़िचर्ड रहेका छन् । चलचित्र पुरै कमेडी जनरमा निर्माण गरिएको निर्देशक भुटियाले बताएका छन् । चलचित्रको मुख्य भूमिकामा आर्यन, भोलाराज सापकोटा , मिरुना मगर , माओत्से गुरुङ, पुष्कर गुरुङ, बबिता मल्ल लगायत अभिनयको रहेको छ ।

सुशन प्रजापतिद्वारा छायाङ्कन चलचित्र सिजन दाहाल र सन्देश अर्यालको पटकथा रहेको छ । चलचित्रमा राजनराज सिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाले सङ्गीत भरेका छन् । चलचित्रलाई अमृत घोले लामाले निर्माण गरेका हुन् ।

साम्तेन भुटियाले निर्देशन गरेको चलचित्र ‘च च हुई’ दर्शकको प्रतीक्षामा रहेको छ किनभने यस चलचित्र रिलिज पछि भुटियाले अर्को नयाँ चलचित्र ‘धुपौरे’निर्माण गर्ने भएका छन् उक्त चलचित्रमा मेगा स्टार अनमोल केसी अनुबन्धित भएका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/l8QFyrpB0AQ

प्रतिक्रिया दिनुहोस्