Logo

प्रेम जोडी : तपाइँहरूको अनुहार मिल्छ ? के तपाइँहरू दाजुबहिनी/दिदीभाई जस्तो देखिनुहुन्छ ?



Spread the love

एजेन्सी । तपाइको प्रेमीकाको अनुहार तपाइँसँग मिल्दछ ? वा तपाइँ आफ्नो प्रेमी जस्तो देखिनुहुन्छ ? तपाइँहरूको कपालको रङ, छालाको रङ उस्तै छ ? के तपाइँहरू दाजुबहिनी/दिदीभाई जस्तो देखिनुहुन्छ ?  सायद यस्तो हुने गरेको हुँदो हो । लाखौँ अमेरिकीहरु आफूमा यस्तो हुने गरेको बताउँदै आइरहेका छन् ।

सन् २०१६ मा ओलिभिया बर्नरले आफ्नो र  प्रेमीको डिएनए टेस्ट गराउने विचार गरिन् । उनी केबल जिज्ञासा मेटाउनका लागि मात्र नभएर वास्तवमै आफ्ना प्रेमीसँग कुनै पारिवारिक सम्बन्ध छ छैन भन्ने पत्ता लगाउन चाहन्थिन । किनकी उनीहरूलाई वर्षौँदेखि मानिसहरुले दाजु बहिनी जस्तै देखिने भन्ने प्रतिक्रिया दिँदै आएका थिए ।

२६ वर्षीया बर्नर भन्छिन्, ‘यदि हामी दुईबीच वास्तवमै पारिवारिक सम्बन्धको थोरै सम्भावना देखिएको भए के हुन्थ्यो, हामी के गर्नेथ्यौँ होला ?’ तर उनीहरुबीच कुनै सम्बन्ध नभएको परीक्षणमा पुष्टि भयो, जसपछि गत वर्ष मात्र उनीहरुले विवाह गरेका हुन् ।

पछिल्ला केही वर्षहरुमा उस्तै देखिने जोडीले धेरै ध्यानाकर्षण गराइरहेका छन् । सन् १९८७ मा युनिभर्सिटी अफ मिचिगेनका वैज्ञानिकहरुले विवाहित जोडी कसरी समयसँगै उस्तै देखिन थाल्छन् भन्नेमा अनुसन्धान गरेका थिए, जसमा दशकौँसम्म एकै किसिमको साझा भावना र घनिष्ठताको परिणाम स्वरुप नै उनीहरुको चाउरीपना र अनुहारको अभिव्यक्ति उस्तै हुन पुगेको निष्कर्ष निकालिएको थियो । वैज्ञानिकहरु आजपनि यही सिद्धान्तमा विश्वास राख्छन् ।

यस मानेमा हरकोही विपरिततर्फ आकर्षित हुन्छन् भन्ने भनाइ यो सन्दर्भमा भने विवादित साबित भइरहेको छ । इन्डियानापोलिस स्थित सामाजिक मनोविश्लेषक जस्टिन लेमिलर भन्छन्, ‘वास्तवमा मानिसहरु थाहै नपाइ सधैँ देखिरहेको, परिचित अनुहार भएका व्यक्तित्वतर्फ गइरहेका हुन्छन् । जस्तै– हामी आफ्नो अनुहार र स्वरुपसँग राम्रो परिचित छौँ । त्यसैले त्यही विशेषता भएको अर्को मान्छे देख्दा स्वभाविक रुपमा उनीहरुलाई बढी मन पराउन थाल्छौँ ।’ २०१३ मा गरिएको एउटा अध्ययनले पनि लेमिलरको यस भनाइ सत्य भएको पुष्टि गरेको छ । यसमा सहभागीहरुलाई प्रेमी प्रेमिका चयनका लागि डिजिटल रुपमा बदलिएका तस्बिरहरु देखाइएको थियो र कतिपय तस्बिरमा उनीहरुकै अनुहार पनि मिसाइएको थियो । यस्तोमा महिला र पुरुष दुवै सहभागीहरुले आफ्नो अनुहार समावेश गरिएका तस्बिर नै सबैभन्दा आकर्षक भएको भनि मूल्यांकन गरेका हुन् ।

त्यस्तै अर्को एक अनुसन्धानले चाहिँ हामी विपरित लिङ्गका अभिभावकको विशेषता हुनेहरु प्रति बढी आकर्षित हुने गरेको पत्ता लगाएको छ । यसरी हामीले थाहै नपाइ त्यस किसिमले आफ्नो पर्टनर छनौट गर्ने गरेको अनुसन्धानबाट स्पष्ट भएको हो । वास्तवमा परिचित विशेषता र लक्षणहरु नै हामीलाई सहज (कम्फर्टिङ ) लाग्ने गरेकाले पनि यो प्रवृत्ति प्राकृतिक रुपमा व्याप्त भएको बताइएको छ ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्